Follow @khasokhasmag

जुलिअन असान्जविरुद्धको बलात्कार अभियोगमा पुनः छानबिन हुने


प्रकाशित मिति : बैशाख ३०, २०७६ सोमबार

विकिलिक्सका सहसंस्थापक जुलिअन असान्जविरुद्धको बलात्कार अभियोगमा पुनः छानबिन हुने भएको छ ।

आरोपको खण्डन गर्दै आएका असान्जले सन् २०१२ मा लन्डनस्थित एक्वेडोरको दूतावासमा शरण लिएका थिए । दूतावासको शरण लिई सात वर्षदेखि उनले सम्भावित सुपुर्दगीलाई छल्दै आएका थिए । तर गत महिना उनलाई दूतावासले निकालेपछि जमानतका सर्त उल्लङ्घन गरेको भन्दै ५० हप्ताको जेल सजाय पनि सुनाएको थियो ।

सोमवार स्वीडेनको सार्वजनिक अभियोजन निकायकी उपनिर्देशक इभा मारी पेर्सनले दुई वर्षअघि फिर्ता लिइएको असान्जविरुद्धको यौन दुर्व्यवहारसम्बन्धी आरोपबारे पुनः छानबिन गर्ने वा नगर्ने भन्नेबारे निर्णय सुनाउने जनाएको छ । एजेन्सी 

© 2022 KHASOKHAS®. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com