संविधान मस्यौदा समिति र बार एशोसिएशनमा काम गर्नुभएकी वकिल गुरुङ एनआरएनए बोर्ड सदस्यमा उम्मेदवार


प्रकाशित मिति : बैशाख २७, २०७६ शुक्रबार

नेपालमा लामो समय मानव अधिकार र कानूनी क्षेत्रमा काम गरीसकेकी अधिकारकर्मी एवं कानूनविद् छत्रकुमारी गुरुङले एनआरएनएको हितमा आफ्नो कार्यदक्षता लगाउने बताउनुभएको छ । उहाँले एनआरएएनए अमेरिकाको निर्वाचनमा बोर्ड अफ डाइरेक्टर पदमा उम्मेदवारी दिनुभएको छ ।

नेपालमा लामो समय मानव अधिकार र कानूनी क्षेत्रमा काम गरिसक्नुभएकी गुरुङले आफ्नो योग्यता, दक्षता र अनुभवलाई एनआरएनको समग्र हितमा लगाउँन उम्मेदवारी दिएको बताउनुभयो । यसैगरी उहाँले सबल, सक्षम र समावेशी एनआरएन बनाउनका लागि पनि आफूले उम्मेदवारी दिएको प्रष्ट पार्नुभयो ।

गुरुङले नेपालको अन्तरिम संविधान मस्यौदा समितिको सदस्यसमेत रहेर संविधान लेखनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ । यसअघि एनआरएन अमेरिकाको महिला समिति र विधान समितिमासमेत रहेर काम गर्नुभएको थियो ।

विगत एघार बर्षदेखि अमेरिकाको न्यूह्यामसर राज्यमा बस्दै आउनुभएकी गुरुङले न्यूह्यामसर नेपाली समाज, अन्तर्राष्ट्रिय साहित्य समाज न्यूह्यामसर, एभरेष्ट लायन्स क्लव न्यूह्यामसर र गुरुङ समाज न्यूह्यामसरलगायतका दर्जनौं संघसंस्थामा विभिन्न पदमा रहेर कामको अनुभव संगालीसक्नुभएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपाली कानून व्यवसायिहरुको छाता संगठन नेपाल बार एशोसिएशनको पूर्व केन्द्रिय सदस्य एवं सर्वोच्च अदालतमा वकिलसमेत रहेर काम गर्नुभएकी गुरुङ कानूनी सहयोग तथा परामर्श केन्द्र नेपाल र जनजाति महिला कानूनी सचेतना समूहको संस्थापक अध्यक्षसमेत हुनुहुन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com