अमेरिकाले यसरी छनोट गर्यो सन् २०२० का लागि डिभी विजेता


प्रकाशित मिति : बैशाख २६, २०७६ बिहीबार

हरेक क्षेत्र र देशका लागि छुट्याइएको सङ्ख्याको आधारमा योग्य आवेदनहरूमध्येबाट गोलाप्रथाको माध्यमबाट आवेदकहरूको छनोट कम्प्युटरद्वारा गरिन्छ । सबै डिभी–२०२० आवेदकहरूले आफूडिभी कार्यक्रमको लागि छनोट भए नभएको पत्ता लगाउन आवेदन दर्ताका बेला प्राप्त युनिक कन्फर्मेशन नम्बर प्रयोग गरी ई–डिभी वेबसाइटको एन्ट्रेन्ट स्टेटस चेकमा गई हेर्नु पर्दछ । एन्ट्रेन्ट स्टेटस चेक ई–डिभीको वेबसाइट मा सन् २०१९ मे ७ देखि कम्तीमा सन्२०२० सेप्टेम्बर ३० सम्म उपलब्ध हुनेछ ।

डिभी लोटरी परे नपरेको चेक गर्न यहाँ क्लिक गर्नुहोला ।

यदि तपाईँको आवेदन छनोटमा परेको रहेछ भने तपाईँकन्फर्मेशन पेजमा पुग्नु हुनेछ जसमा अमेरिका अप्रवासन गर्न लाग्ने शुल्क लगायतका जानकारीका साथै थप निर्देशनहरू दिइएको हुन्छ
। डिभी–२०२० का लागि छनोट भएकाहरूले केवल एन्ट्रेन्ट स्टेटस चेक मार्फत मात्र छनोट भएको जानकारी प्राप्त गर्न सक्नेछन्।

अमेरिकी विदेश मन्त्रालयले छनोट भएको सूचना चिठी वा ईमेलमार्फत पठाउँदैन । अमेरिकी दूतावास र वाणिज्यदूतावासहरूले छनोट भएकाहरूको सूची उपलब्ध गराउँदैनन्। छनोटमा नपरेकाहरूले पनि सूचना पाउने थलो भनेको एन्ट्रेन्ट स्टेटस चेक हो । हामी तपाईँलाई आफ्नोएन्ट्रेन्ट स्टेटस चेक आफै हेर्नुहुन जोड गर्न चाहन्छौँ । चेक गर्न र सूचना पाउनका लागि अरुकोभर नपर्नुहोला ।

तपाईँ डिभीका लागि छनोट हुनुभए तापनि डाइभर्सिटी भिसा प्राप्त गरी अमेरिका आप्रवास गर्नका लागि तपाईँले अमेरिकी कानुन अन्तर्गतका सबै योग्यताका मापदण्डहरू पूरा गरेको हुनुपर्दछ । डिएस–२६०, अनलाइन आप्रवासी भिसा अनि दर्ता आवेदन र कन्सुलर अधिकृतले व्यक्तिगत रूपमा तपाईँसँग अमेरिकी आप्रवासन कानुन अनसुार योग्य हुनुहुन्छ कि हुन्न भनेर प्रश्न गर्नेछन्। यी प्रश्नहरू अपराध तथा सुरक्षासम्बन्धी विषयमा हुनेछन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

परिवारका सदस्य लगायत सबै सबै आवेदकलाई २०२० सेप्टेम्बर ३० भित्र भिसा जारी गरिसक्नुपर्दछ । सो मिति पश्चात्कुनै पनि हालतमा अमेरिकी विदेश मन्त्रालयलेडिभी भिसा जारी गर्न सक्ने छैन र युएससीआईएसलेहेरफेर स्वीकृत गर्न सक्ने छैन । न त कुनै पनि परिवारिक सदस्यले सो मिति पश्चात् अमेरिका गइसकेका प्रमुख आवेदकसँग बसोबास गर्न जानका लागि डिभी प्राप्त गर्न नै सक्नेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com