डिभी कार्यक्रमबाट भिसा पाएमा अमेरिकी सरकारले घर वा जागिर खोज्न सहयोग गर्छ ?


प्रकाशित मिति : बैशाख २४, २०७६ मंगलबार

यदि म डिभी कार्यक्रमबाट भिसा पाउन सफल भएँ भने के अमेरिकी सरकारले मलाई अमेरिका जाने हवाई टिकट, घर वा जागिर खोज्न सहयोग, स्वास्थ्य सुविधा, वा अमेरिकामा पूर्ण व्यवस्थित नभइञ्जेलसम्मका लागि केही खर्चको व्यवस्था गर्नेछ ?

गर्ने छैन । तपाईँले डिभी कार्यक्रममार्फत भिसा प्राप्त गर्नुभयो भने अमेरिकी सरकारले तपाईँलाई माथि उल्लिखित कुनै पनि सेवाहरू उपलब्ध गराउँदैन । यदि तपाईँ डिभी कार्यक्रमद्वारा भिसाको आवेदनका लागि छानिनुभयो भने भिसा जारी गरिनुभन्दा पहिला तपाईँले आफू अमेरिकामा सार्वजनिक भार हुनुहुने छैन भनेर प्रदर्शन गर्नुपर्नेछ ।

यस्तो प्रमाण भनेको तपाईँको व्यक्तिगत सम्पत्ति, अमेरिकामा बस्ने तपाईँको कोही आफन्त वा साथीले भरिदिएको Affidavit of Support (Form I-134) वा अमेरिकास्थित कुनै रोजगारदाताले रोजगारीको प्रस्ताव आदि हुन सक्छन्।

नोट :  डिभी लोटरीमा छानिएपछि पनि तपाईले अमेरिकामा बस्ने तपाईँको कोही आफन्त वा साथीले भरिदिएको Affidavit of Support (Form I-134)  वा अमेरिकास्थित कुनै रोजगारदाताले दिएको रोजगारीको प्रस्ताव पेश गर्न सक्नुभएन भने तपाईको भिसा पब्लिक चार्जको आधारमा अस्वीकृत हुनसक्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com