एनआरएनए एनसीसी अमेरिकामा ७० जनाको उम्मेदवारी
प्रकाशित मिति : बैशाख ८, २०७६ आईतबार

एनआरएनए एनसीसी अमेरिकाको चुनावका लागि विभिन्न पदका लागि ७० जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ । त्यो बाहेक आईसीसी सदस्य र च्याप्टरका लागि उम्मेदवारी दिनेको संख्या पनि उल्लेख्य रहेको छ ।
एनआरएनए एनसीसी अमेरिकाको अध्यक्षका लागि ३ जनाको, बरिष्ठ उपाध्यक्षका लागि ४ जनाको, क्षेत्रीय उपाध्यक्षहरुका लागि ८ जनाको, महासचिवका लागि ३ जनाको, सचिवका लागि २ जनाको उम्मेदवारी परेको छ । कोषाध्यक्ष र सहकोषाध्यक्षका लागी ३/३ जनाको उम्मेदवारी परेको छ ।
त्यस्तै युवा संयोजक र महिला संयोजकका लागि २/२ जनाको र बोर्ड सदस्यका लागि ४० जनाको उम्मेदवारी परेको छ । आईसीसी सदस्यका लागि पनि ११ जनाको उम्मेदवारी परेको छ ।
राज्य च्याप्टरमा कोलोराडो, क्यालिफोर्निया, ईन्डियाना, आयोवा, कन्सास, न्यु ह्याम्पशार, न्यु जर्सी, न्यु मेक्सिको, ओरेगन र वासिंटन लगायतका राज्यमा अध्यक्ष पदमा १/१ जनाको मात्र उम्मेदवारी परेको छ । २२ वटा राज्य च्याप्टरका लागि मात्र उम्मेदवारी दर्ता भएको छ ।