एनआरएनए अमेरिकाको चुनावका लागि उम्मेदवारी दर्ता अप्रिल १६ देखि १९ सम्म


प्रकाशित मिति : बैशाख १, २०७६ आईतबार

एनआरएनए अमेरिकाको आगामी मे १८ र १९ मा हुने चुनावका लागि उम्मेदवारी दर्ता अप्रिल १६ देखि सुरु हुने भएको छ । उम्मेदवारहरुले अप्रिल १६ देखि १९ भित्र एनआरएनए अमेरिकाको निर्वाचन आयोग समक्ष उम्मेदवारी दर्ता गर्न सक्ने भएका छन् । यसअगाडि उम्मेदवारी दर्ता मिति अप्रिल १४ देखि १७ सम्म तोकिएको थियो ।

एनआरएनए अमेरिकाको निर्वाचन आयोगले सार्वजनिक गरेको चुनावी कार्यतालिका अनुशार मे १८ मा न्ययोर्क समय अनुशार विहान ८ बजे सुरू हुने चुनाव मे १९ को राती ११ बजेर ५९ मिनेट जाँदासम्म जारी रहनेछ । मतदाताले अनलाईन मार्फत भोट हाल्न सक्नेछन् ।

चुनावी परिणामको घोषणा मे २१ मा गरिनेछ भने प्रमाणपत्र प्रदान र सपथग्रहण जुलाई ६ मा गरिने छ । मे ७ मा उममेदवारको अन्तिम सुची प्रकाशित गरिनेछ ।

उम्मेदवारी दर्ताका लागि अध्यक्षमा २ हजार डलर, बरिष्ठ उपाध्यक्ष र महासचिवमा १५ सय डलर, क्षेत्रीय उपाध्यक्षमा १३ सय डलर, आईसीसी सदस्य, एनसीसी सचिव र कोषाध्यक्षमा १ हजार, सहकोषाध्यक्षमा ८ सय र एनसीसीका अन्य पदमा ७ सय डलर तिर्नपर्नेछ । त्यस्तै च्यापटर अध्यक्षमा उम्मेदवारी दर्ताका लागि दर्ता शुल्क ५ सय डलर तोकिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com