एनआरएनए अमेरिकाको अध्यक्षमा लम्सालको चुनावी अभियान, ल्याए नगर्ने कामको सुची


प्रकाशित मिति : चैत्र २७, २०७५ बुधबार

फरक शैलीमा उम्मेदवारीको औपचारिक घोषणा गर्दै एनआरएनए अमेरिकाको अध्यक्षमा सूर्य लम्सालले चुनावी अभियान सुरु गरेका छन् । न्युयोर्क निवासी लम्सालले न्युयोर्क र आसपासका नेपालीहरुमाझ ज्याक्सनहाइटको सत्यनारायण मन्दिरमा आयोजित कार्यक्रममा उम्मेदवारीको औपचारिक घोषणा गरेका हुन् ।

पावरप्वाइन्टमार्फत आफ्ना एजेण्डाहरु प्रस्तुत गरेका लम्सालले अध्यक्षमा निर्वाचित भएमा आफूले नगर्ने कामको सुची समेत प्रस्तुत गरेका थिए । उनले अध्यक्षमा निर्वाचित भएमा गोप्य बोर्ड मिटिङ नगर्ने, मतदाता सदस्यको विवरण दुरुपयोग नगर्ने, सर्भरको कारण देखाएर सदस्य बन्नबाट वञ्चित नगर्ने, कृतिम कोरम पुराएर विधान परिवर्तन नगर्ने, मन नपर्नेलाई आईसीसी प्रतिनिधित्वमा प्रतिबन्ध नलगाउने, संस्थाको हिसाबकिताब अपारदर्शी नराख्ने लगायतका आफूले नगर्ने १० कामको फेहरिस्त प्रस्तुत गरे ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले आफ्नो भिजन, मिसन र गोललाई अत्यन्तै प्रभावित शैलीमा प्रस्तुत गरेका थिए । दिगो, स्वच्छ र सक्षम एनआरएन निर्माणका लागि आफू लागिपर्ने भन्दै सामुहिक लगानीका योजनाहरु समेत उनले प्रस्तुत गरे ।

एनआरएनए अमेरिकाको अध्यक्ष पदमा अहिलेसम्म तीनजनाले औपचारिक उम्मेदवारीको घोषणा गरिसकेका छन् । यस अगाडि सञ्जय थापा र सुनिल साहले एनआरएनए अमेरिकाको अध्यक्ष पदमा औपचारिक कार्यक्रम गरी उम्मेदवारी घोषणा गरिसकेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com