सफलताको ठुलो राज आत्मविश्वास हो । आत्मविश्वासले मानिसलाई अगाडि बढ्न र नयाँ काम गर्न प्रेरणा दिन्छ । तसर्थ, कुनै काममा सफलता हासिल गर्न आफैँमाथि विश्वास हुन जरुरी छ ।
सकारात्मक सोच विकास
नकारात्मक भावनाले हुन लागेको कामलाई समेत बाधा पुर्याउँछ । ससाना अवरोध आउँदा पनि रिस उठ्ने भएमा त्यो सफलताका लागि झनै बाधक हुन्छ । सकारात्मक सोच नभएकासँग आफन्त, सहकर्मी र साथीभाइसमेत बिस्तारै टाढिन्छन् ।
डर हटाउने
आत्मविश्वास बढाउनका लागि सबैभन्दा पहिला आफूभित्रको डरलाई हटाउन जरुरी हुन्छ । कुनै अन्य व्यक्तिले चाहँदैमा तपाईंको आत्मविश्वास बढ्दैन । जसका लागि आफ्नो क्षमताको पहिचान गर्नुपर्छ ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
डाइट र फिटनेस
फिटनेस, सन्तुलित आहारजस्ता कुराले आत्मविश्वासमा भूमिका खेलेका हुन्छन् । आत्मविश्वास बढाउन फिटनेस आवश्यक छ ।
व्यक्तित्व विकास
मानिसको पहिलो दृष्टि तपाईंको बाहिरी आवरणमा पर्छ । तसर्थ, आत्मविश्वास बढाउन लवाइखवाइमा पनि ध्यान पुर्याउन जरुरी छ । नसुहाउने ड्रेसअपमा हिँड्दा अरूलाई मात्र नभएर कतिपय अवस्थामा आफैँलाई पनि असहज महसुस भइरहेको हुन्छ ।
मेहनेत
कोही पनि मानिस स्वतः उचाइमा पुगेका हुँदैनन् । जुनसुकै क्षेत्रका पनि हरेक सफल व्यक्ति आत्मविश्वासी हुनुमा निरन्तर मिहिनेत हुन्छ । निरन्तर मिहिनेत गर्दा स्वतः आत्मविश्वास बढ्छ । ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।