‘विदेशी नागरिकता लिएका नेपालीको नेपालमा रहेको सम्पत्ति कब्जा हुँदैन’ – उपप्रधानमन्त्री पोखरेल


प्रकाशित मिति : चैत्र १६, २०७५ शनिबार

विदेशको नागरिकता लिनुभएका नेपालीहरुले नेपालमा जोडेको सम्पत्ति सरकारले कब्जा गर्ने कुरा निराधार हल्लामात्र रहेको उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरलले बताउनुभएको छ । अमेरिकाको भ्रमणमा रहनुभएका पोखरेलले खसोखासका प्रधानसम्पादक किशोर पन्थीसँग कुरा गर्दै विदेशमा रहेका नेपालीहरुलाई निश्चिन्त रहन आग्रह गर्नुभएको छ ।

पोखरेलले भन्नुभयो – ‘म एकदम ग्यारेन्टीका साथ भन्छु, विदेशको नागरिकता लिनुभएका नेपालीहरुले नेपालमा जोड्नुभएको सम्पत्तिमाथै कुनै अंकुश लाग्दैन । म एकदम जिम्मेबारीका साथ भन्छु । उहाँहरुले नेपालमा विजनेश ब्यापार र लगानी गर्नुभएको छ भने ढुक्क रहनुभए हुन्छ । त्यो सुरक्षित रहन्छ ।’

विदेशी नागरिकता लिएका नेपालीको नेपालमा रहेको सम्पत्ति सरकारले कब्जा गर्ने चर्चा छ नि त ? भन्ने प्रश्नमा पोखरेलले भन्नुभयो – ‘कब्जा भन्ने कुरा कहाँबाट आयो ? त्यो बेकारको कुरा हो । त्रास त्यत्तिकै सृजना गरिएको हो । त्यस्तो हुँदैन । विदेशको नागरिकता लिएका नेपालीहरुले संविधान अनुशार नेपालमा राजनीतिक बाहेक सबै अधिकार पाउँछन् ।’

कुनै बेलामा नेपालको नागरिक भएको नेपालीले विदेशको नागरिकता लिएको भएपनि नेपालमा रहेको उसको सम्पत्ति
कब्जा नहुने र अलिकति पनि त्रास नराख्न मन्त्री पोखरेलले सुझाव दिनुभएको छ ।

मन्त्री पोखरेलसँगको विस्तृत कुराकानी एबीसी टेलिभिजनमा प्रशारण हुनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com