भारतीय लोकसभामा सञ्जय दत्तले चुनाव लड्ने,नरेन्द्र मोदीलाई धक्का


प्रकाशित मिति : चैत्र ९, २०७५ शनिबार

भारतमा लोकसभा निर्वाचन नजिक आउँदैं गर्दा कलाकारहरुमा राजनीतिक मोह बढ्दै गएको देखिएको छ ।

यो बिचमा अहिले निर्वाचनमा लड्ने अभिनेताहरुमा सञ्जय दत्तको पनि नाम अगाडि आएको छ ।

एक वेबसाइटका अनुसार उनी एसपी बीएसपीको गठबंधनको तर्फबाट उत्तरप्रदेशको गाजियाबादबाट चुनाव लड्ने मनस्थितिमा छन् । सञ्जयको परिवार पूर्ण रुपमा राजनीतिकरहेको छ । उनका पिता सुनील दत्त, आमा नरगिस र बहिनी प्रिया दत्त पनि राजनीतिमा नै भएको भारतीय सञ्चारमाध्यमहरुको दावा रहेको छ । यदि अब सञ्जय दत्त मैदानमा आए भने निर्वाचन लड्ने उनको परिवारमा उनी चौंथो सदस्य हुनेछन ।

सञ्जय सन २००९ मा समाजवादी पार्टीमा प्रवेश गरेका थिए । उत्तर प्रदेशमा राजनीतिक रुपमा समाजवादीलाई बलियो रुपमा हेर्ने गरिएको छ । यसरी उत्तर प्रदेशबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टीलाई हराउँन यो रणनीति तयार भएको हुन सक्ने जानकारहरु बताउँछन् । उनलाई पार्टीमा महासचिवको पद दिइएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विशेष स्रोतका अनुसार उनलाई लखनउबाट उठाउँने तयारी भइरहेको थियो । अर्को कुरा, उनलाई मुम्बईमा भएको आतंककारी हमलामा संलग्न भएकोभन्दैं अदालतले जेल सजाय समेत्त सुनाएको थियो । अहिले उनले अदालतद्धारा तोकिएको सजाय पुरा गरिसकेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com