सरकारसँग ११ बुँदे सहमति गरेको दोस्रो दिनै डा. सिके राउत मधेस झरे । तर, मधेस झरेको डेढ हप्तासम्म उनी सार्वजनिक रुपमा केही बोलेका छैनन् । सञ्चारकर्मीलाई प्रतिक्रिया दिन पनि अस्वीकार गरेका छनु् । किन मौन छन् राउत ?
राजनीतिक विश्लेषक तथा लेखक सिके लाल राजनीतिक असमन्जस्यताका कारण राउत मौन रहेको विश्लेषण गर्छन् । ‘अहिले उनले जे बोले पनि त्यो उनकै विरुद्धमा प्रयोग हुन सक्छ,’ विश्लेषक लाल भन्छन्, ‘राज्यका विरुद्धमा बोलौँ भने समर्थक उनीविरुद्ध आउन सक्छन्, समर्थकको पक्षमा बोलौँ राज्य उनका विरुद्धमा आउन सक्छ । सिके राउत अहिले असमन्जसमा परेका छन् ।’
मधेस झर्ने दिन भने राउतलाई उनका कार्यकताले तामझामसहित स्वागत गरेका थिए । उनी आन्तरिक रुपमा विभिन्न राजनीतिक कार्यक्रममा सहभागी भइरहेका छन् । यो समाचार नयाँ पत्रिकामा दिपेश शाहीले लेखेका छन् ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।