धुलिखेलमा नेपालकै पहिलो पटक सुपरम्यान फ्लाइङ (फोटोफिचर)


प्रकाशित मिति : चैत्र ३, २०७५ आईतबार

छबि सापकोटा

नेपालमा प्याराग्लाइडिङ, बञ्जी जस्तै नया“ साहसिक खेल सुपर म्यान फाइङ थपिएको छ । नेपालमै पहिलो पटक काभ्रेपलाञ्चोकको धुलिखेलमा सुपर म्यान फाइङ र जीपलाईन सेवा सुरु भएको छ ।

 

जीपलाईन यस अघि पोखरा भएपनि सुपरम्यान फ्लाइङ नेपालमै पहिलो पटक भित्रिएको हो । समुन्द्रसतहदेखि एक हजार ३ सय मिटर सुरुको उचाइबाट १ सय मिटर कममा अन्तिम स्टेशन रहेको छ ।

 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

धुलिखेलको थाक्लेडाडादेखि शुरु हुने सुपरम्यान र जिप लाइन पा“चखालको खावा डांडासम्म ११ सय मिटरको दुरी रहेको छ । उक्त दुरी १ मिनेटमै पार गर्न सकिन्छ । तारमा अमेरिकी र क्यानेडेली प्रबिधी प्रयोग गरी विशेष प्रकारको डोरीसहितको घिर्निको प्रयोग गरिएको छ ।

 

जसको माध्यमबाट प्रतिघण्टा ७० देखि एक सय किलोमिटरको स्पिडमा समेत शरिरलाई सुरक्षित गरी चरा जस्तै उडेर सुपरम्यान फाइङ र जीपलँइन गर्न गरिन्छ । उक्त दुरीमा उड्दा माथिबाट जगंल फाट, स्थानिय बासिन्दाका घरका साथै वरपरका डांडा पाखाको दृष्यावलोकनबाट छुट्टै आनन्द लिन सकिने नेपाल वल्ड वाइड एड्भेन्चरका सञ्चालक केदार थापाले बताउनु भयो ।

 

नेपाल वल्ड वाइड एड्भेन्चर प्रालिले शुरु गरेको सुपरम्यान र जिपलाइन साहसिक खेल सुरु भएको १५ दिनमै ३ सय पर्यटकहरु धुलिखेलको थाक्लेडांडामा पुगिसकेका छन । जीपलँइन खेलका लागि प्रतिव्यक्ति २५ सय र जोडीको लागि ४५ सय र सुपरम्यान फाइङको लागि ३५ सय शुल्क लाग्ने गर्छ । सार्क र अन्य मूलुकको हकमा ३५ देखि ४० डलर तिर्नु पर्छ ।

हावाको वेगमा प्रकृतिको आनन्द लिंदै दुई खेलको मज्जा लिने सकिन्छ छ । तर कहिलेकाहि हावाको बेलेगसाथ नदिदा केही समय अन्तिम बिन्दुमा नपुगि आधाबाटैमै रोकिने समेत हुन सक्छ । तर त्यहां रेक्यु टिम हुने भएको कुनै समस्या नआउने अर्का सञ्चालक उमेश श्रेष्ठको दाबी छ ।

 

प्राकृतिक सुन्दरताले भरिपुर्ण स्थान धुलिखेलमा नेपालमै पहिलो पटक भित्रिएको सुपरम्यान फाइङको सुविधाबाट पर्यटन उद्योगलाई अघि बढाउने विश्वास गरिउको छ । अबश्य बढाउने छ भने नेपालले मनाउने लागेको नेपाल भ्रमण वर्षलाई पनि यस्ता साहसिक खेलकै कारण नेपाल प्रतिको आकर्षण बढ्ने निश्चित छ ।

दुई युवा सञ्चालक केदार थापा र उमेश श्रेष्ठले करिब ४ करोडको लगानीमा ३० रोपनी जग्गा १५ वर्षको लागि भाडामा ल्याएर सुपरम्यान फाइङ र जिपलाइन साहसिक खेलले नेपाली डांडाकांडाबाट स्वदेशी र विदेशी पर्यटनकलाई मानोरञ्जन गराइका छन् ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com