टोकियो ओलम्पिक्समा ह्विलचियर प्रयोगकर्तालाई रोबोटले सहयोग गर्ने - KHASOKHAS

टोकियो ओलम्पिक्समा ह्विलचियर प्रयोगकर्तालाई रोबोटले सहयोग गर्ने

सन् २०२० को टोकियो ओलम्पिक्स र प्यारमलिम्पिक्समा ह्वियरचियर प्रयोगकर्तालाई रोबोटको सहयोग दिने तयारी भएको छ ।

शुक्रवार दुईओटा रोबोट सार्वजनिक गरिएको हो । यी दुई टोयोटाको ह्युमन सपोर्ट रोबोट (एचएसआर) र पानासोनिकको पावर असिस्ट सुट शुक्रवार पहिलो पटक सार्वजनिक गरिएको हो ।

एचएसआर सानो र सेतो प्रकारको रोबोट हो जसले सन् २०२० को जुलाइमा शुरु हुने ओलिम्पक्सका ह्विल चियर प्रयोगकर्तालाई सहयोग गर्नेछ । रोबोटले खानेकुरा तथा अन्य वस्तु बोक्ने, दर्शकलाई सिटतिर लैजाने र केही महत्वपूर्ण जानकारी पनि प्रदान गर्ने छ । ओलम्पिक्समा दर्शकलाई र रंगशालामा ह्विय चियर पुग्ने ठाउँमा आफ्नो सहयोग रहने टोयोटाको सन् २०२० रोबोट कार्यक्रमका प्रमुख मिनोरु यमोउचिले बताएका छन् । राबोटले ग्राहकको सामानहरु पनि बोक्न सहयोग गर्ने बताइएको छ । टोकियो २०२० मा १६ अ‍ोटा एचएसआर रहने र सन् २०३० को शुरुआतमा यस्ता उत्पादन खरिदका लागि उपलब्ध हुने अनुमान गरिएको छ ।

प्यानासोनिकको उत्पादनले पनि ठूला र भारी सामान बोक्न सहयोग गर्नेछ । यी रोबोट प्याराओलम्पिक्सका कर्मचारी साथै गेममा सहभागिले पनि प्रयोग गर्न पाउने छन् ।

आइतवार, चैत्र ३, २०७५ मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित सामाग्री

WP Facebook Auto Publish Powered By : XYZScripts.com