अष्ट्रेलियामा नेपालीलाई कम तलब दिने भारतीय रेष्टुरेन्ट कारबाहीमा


प्रकाशित मिति : चैत्र १, २०७५ शुक्रबार

अष्ट्रेलियामा नेपाली लगायत विदेशी विद्यार्थीलाई कम तलब दिने भारतीय रेष्टुरेन्ट कारबाहीमा परेको छ । क्विन्सल्याण्ड स्थित गोल्ड कोस्टमा रहेको स्याफरोन इन्डियन रेष्टुरेण्ट  कारबाहीमा परेको हो ।

रेष्टुरेन्टले नेपाल, भारत लगायत देशका १४ जना विद्यार्थी सहित २२ जनालाई कम तलब दिएको थियो । जसबापत उसले ५४ हजार ४ सय ७० डलर उनीहरुलाई दिनुपर्ने भएको छ ।

रेष्टुरेन्टले बिदामा काममा लगाएर अतिरिक्त पैसा नदिने, तलब समेत घण्टाको १५ देखि १८ डलरसम्म दिने गर्थ्यो । रेष्टुरेन्टले गत वर्षको जनवरी महिना देखि मे महिनासम्म कम तलबमा काम लगाएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com