जापानको एक विश्वविद्यालयबाट बार्षिक ७ सय विदेशी विद्यार्थी सम्पर्कविहिन


प्रकाशित मिति : चैत्र १, २०७५ शुक्रबार

टोकियोस्थित एक विश्वविद्यालयबाट बर्षिक ७ सय विदेशी विद्यार्थीहरु पढाई सकिनुअगावै विद्यालयको सम्पर्कबाहिर रहनेगरेको तथ्य सार्वजनिक भएको छ । जापान न्यूज नेटवर्क (जेएनएन) ले हालसालै सार्वजनिक गरेको एक रिपोर्टमा विदेशी विद्यार्थीहरुको बर्चश्व रहेको ‘टोकियो फुकुसी दाइगाकु’बाट शैक्षिक अवधी पूरा नहुँदै विदेशी विद्यार्थीहरु बाहिरिनेगरेको तथ्य उजागर भएको हो ।

नयाँ शैक्षिक सत्र सुरु हुने समयमा रहेका विदेशी विद्यार्थीहरु दिक्षित हुने समयसम्ममा एक तिहाईका दरले घट्ने गरको रिपोर्टमा जनाइएको छ ।

विदेशी विद्यार्थीहरु यसरी सम्पर्क विहिन हुने घटनालाई गम्भिर रुपमा लिएको बताउँदै सम्बन्धित मन्त्रालयहरुले सम्पर्कविहिन बनेका विद्यार्थीहरुको सर्वेक्षण तथा खोजतलास गर्ने समेत बताईएको छ ।

टोकियोको ईकेबुकुरो, गुन्माकेनको ईसेसाकी लगायतका विभिन्न स्थानहरुमा सो विश्वविद्यालय मातहतका विभिन्न क्याम्पसहरु छन् जसमा झण्डै ५ हजार जना विद्यार्थीहरु पढ्ने गरेका छन् । ति क्यम्पसहरुमा जापानी भाषा, प्राविधिक शिक्षा तथा विश्वविद्यालको पाठ्यक्रमको पढाई हुने गर्दछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जेएनएनले भियतनाम तथा नेपाल लगायतका मुलुकहरुबाट आएका २७ सय विद्यार्थीहरु मध्ये ७ सय जनाको प्रमाणिकरण हुन नसकेको सक्कली कागजातको अध्ययन गरेको थियो । अनुसन्धान विद्यार्थीका रुपमा सो कलेज छिरि अध्ययन गरिएको समेत बताइएको छ ।

त्यहाँ अध्ययनरत विद्यार्थीहरुसंग अन्तवार्ता गरि थप जानकारी लिइएको र विद्यार्थीहरुसंगको अन्तवार्तामा पनि सुरुको समयमा र अन्तिमसम्म विद्यार्थी संख्यामा व्यापक गिरावट आउने गरेको पुष्टी भएको उल्लेख छ ।

टोकियो फुकुसी दाइगाकुमा अध्यनरत विद्यार्थीहरुको संख्या वासेदा विश्वविद्यालय पछाडीको ठूलो संख्या हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com