आतङ्क मच्चाएर लुटपाट गर्नेसँग वार्ता किन गर्ने : प्रधानमन्त्री ओली


प्रकाशित मिति : फाल्गुन २८, २०७५ मंगलबार

फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसाबाट आतङ्क मच्चाएर लुटपाट गर्ने समूहसँग सरकारले वार्ता नगर्ने बताउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको टोलीसँगको आजको भेटघाटमा प्रधानमन्त्री ओलीले बम पड्काउने र पैसा असुल्नेसँग वार्ता गर्नुको औचित्य नभएको स्पष्ट पार्नुभयो ।

‘कतिपयले वार्ता गर्नुप-यो भन्छन् तर केका लागि वार्ता गर्ने ? उनीहरुले गरेका क्रियाकलाप राजनीतिक हुन् ? बम पड्काउने, आतङ्कित पार्ने, पैसा असुल्ने कुरा राजनीतिक हुन सक्दैनन्’, उहाँले भन्नुभयो, ‘जहाँजहाँ धेरै पैसा छ भन्ने लाग्छ त्यहीँ बम हान्नेहरुसँग केको वार्ता ? उनीहरुलाई कानूनबमोजिम नियन्त्रणमा लिइन्छ ।’

प्रधानमन्त्री ओलीले एउटा गिरोहले कम्युनिष्टका नाममा आतङ्कित पार्ने काम गरिरहेको उल्लेख गदै भन्नुभयो, ‘कम्युनिष्टले त युवालाई कर्मशील हुन, सही बाटोमा हिँडाउन र उत्पादनमा लाग्न सिकाउनुपर्ने हो, यहाँ त कम्युनिष्टको नाममा युवालाई लुट्न सिकाइरहेका छन् । यो हुन सक्ने कुरा होइन ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गत फागुन २४ गते सङ्घका अध्यक्ष रोहन गुरुङका घरमा बम हानेको विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गर्न उक्त टोली आएको थियो । उहाँले अध्यक्ष गुरुङका घरमा भएको विस्फोटप्रति दुःख व्यक्त गदै सो घटनाबारे सरकारले छानबिन गर्ने प्रतिबद्धता जनाउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com