अब गैरआप्रवासी भिसा थप्दा र परिवर्तन गर्दा अझ धेरै समय, आजदेखि नयाँ फर्म, को हुन्छ प्रभावित ?


प्रकाशित मिति : फाल्गुन २४, २०७५ शुक्रबार

आजदेखि अमेरिकामा भिजिटर लगायतका गैरआप्रवासी भिसा थप्दा वा गैरआप्रवासी स्टेटस परिवर्तन गर्दा आवश्यक पर्ने फर्म आई ५३९ को नयाँ संस्करण लागु गरिएको छ । आजदेखि यो फर्म युएससीआईएसको वेवसाइटमा राखिएपनि मार्च २२ बाटभने अनिवार्यरुपमा लागु हुनेछ ।

नयाँ फर्मले आवेदक र सहआवेदकलाई बायोमेट्रिक शुल्क तिर्नुपर्ने तथा अनिवार्य रुपमा बायोमेट्रिक संकलनमा उपस्थीत हुनुपर्ने व्यवस्था गरेको छ । आर्थिक बर्ष २०२० को एचवानबी क्याप अन्तरगत एचफोर भिसामा स्टाटस परिवर्तन गर्न चाहने दम्पत्ति र छोराछोरीहरुले पनि फर्मको नयाँ संस्करण पेश गर्नुका साथै बायोमेट्रिकका प्रावधानहरु पूरा गर्नुपर्नेछ ।

युएससीआईएसले अतिरिक्त फर्म आई ५३९ एको पनि व्यवस्था गरेको छ । मुल आवेदकका साथमा एकजनाभन्दा धेरै सहआवेदकहरु भएको खण्डमा यो फर्म भर्नुपर्छ । हरेक फर्म आई ५३९ एमा आवेदकहरुको हस्ताक्षर जरुरी हुन्छ । तर १४ बर्षभन्दा कम उमेरको वा मानसिक रुपमा अशक्तका सन्दर्भमा भने बुबाआमा वा अभिभावकहले हस्ताक्षर गर्न सक्नेछन् ।

बायोमेट्रिक संकलन र पृष्ठभूमि परिक्षणका नयाँ प्रावधानहरुका कारण भिसा थप्न चाहने र परिवर्तन गर्न चाहनेहरुका लागि लामो समय लाग्नसक्ने अनुमान गरिएको छ । फर्म आई ५३९ सँगै फाइल गरिने वर्क परमिटका सन्दर्भमा पनि लामो समय लाग्नसक्ने जनाइएको छ । १४ बर्ष वा त्यो भन्दा माथिको उमेरका व्यक्तिको समेत पृष्ठभूमि परिक्षण गरिने भएकाले आवेदन अस्वीकृत भएमा र अध्यागमन स्टेटस समाप्त भएको अवस्थामा आप्रवासीहरुमा कारवाहीमा पर्नसक्नेछन् ।

भिजिटर लगायतका गैरआप्रवासी भिसावाहकहरु, एफ र एम भिसा पुनस्थापना गर्न आवेदकहरु, भी भिसाका आवेदक वा लम्बाउन चाहनेहरु नयाँ परिवर्तनबाट प्रभावित हुनेछन् । त्यस्तै प्रारम्भिक स्वीकृतिका लागि आवेदन दिने नर्दन मारियाना आइल्याण्ड निवासीहरु पनि यो परिवर्तनबाट प्रभावित हुनेछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com