इयुभित्रका देशले दिए १ बर्षमा ८ लाख विदेशीलाई नागरिकता


प्रकाशित मिति : फाल्गुन २३, २०७५ बिहीबार

युरोपियन युनियन अन्तरगतका देशहरुमा एकबर्षमा ८ लाख विदेशीहरुलाई त्यहाँको नागरिकता प्रदान गरिएको छ । बुधबार प्रकाशित एक रिपोर्ट अनुशार युरोपियन युनियन अन्तरगतका देशहरुमा सन् २०१७ भरमा ८ लाख २५ हजार ४ सय विदेशीहरुलाई नागरिकता प्रदान गरिएको छ ।

सन् २०१६ को तुलनामा इयुभित्रका देशमा नागरिकता पाउनेहरुको संख्या १६ प्रतिशतले घटेको छ । सन् २०१७ मा सबैभन्दा धेरै नागरिकता प्रदान गर्नेमा इटली अगाडि रहेको छ । त्यसपछि बेलायत र जर्मनी रहेका छन् । नागरिकता पाउनेहरुमा सबैभन्दा धेरै मोरक्को, अल्बानिया र भारतकाहरु रहेका छन् ।

एकबर्षको अवधिमा ६७ हजार ९ सय मोरक्कनले इयुभित्रका देशको नागरिकता पाएका छन् । भारतीयहरु भने ३१ हजार ६ सय रहेका छन् । २३ हजार १ सय पाकिस्तानीहरुले नागरिकताप्राप्त गरेर टप फाइभमा आएका छन् ।

यो एकबर्षमा इटलीले १ लाख ४६ हजार ६ सय, बेलायतले १ लाख २३ हजार १ सय, जर्मनीले १ लाख १५ हजार ४ सय विदेशीहरुलाई नागरिकता प्रदान गरेको छ । फ्रान्सले १ लाख १४ हजार ३ सय र स्वीडेनले ६८ हजार ९ सय विदेशीलाई नागरिकता प्रदान गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com