श्रीमानले बोलाएर कतार गएकी २५ बर्षीय अञ्जुको रहस्मय मृत्यु


प्रकाशित मिति : फाल्गुन २३, २०७५ बिहीबार

२५ बर्षीय अञ्जु पाण्डे तिवारीको कतारमा रहस्यमय मृत्यु भएको छ । गोरखा जिल्ला गाईखुर –३ पौवाटार साबिक पालुङटार नगरपालीका –६ माईती र तनहुँ जिल्ला पुर्कोट –५ बाईसजाँगर साबिक भानु नगरपालीका –९ घर भएकी अञ्जु आमा शान्ता तिवारी र बाबु रुद्र प्रसाद तिवारीकी जेठी सन्तान हुन् ।

उनको एक भाई र एक बहिनी छन् । उनको आत्महत्या रहस्यमय ढंगबाट भउको छ । तिवारीको २०६९ साल मंसिर १४ गतेका दिन तनहुँ जिल्ला पुर्कोट –५ बाईसजाँगर साबिक भानु नगरपालीका –९ का किश्वर बाबु पाण्डेसँग बैबाहीक जिवनमा बाँधिएकी थिईन् । किश्वर बाबु पाण्डे बाबु बोधराज पाण्डेका कान्छो सन्तान हुन् ।

पाण्डे केही बर्षदेखि वैदेशिक रोजगारीका लागि कतारमा रहँदै आएका थिए । उनी कतारको दोहा अन्तराष्ट्रिय एरपोटमा काम गर्छन् । भने, पत्नि अञ्जु पाण्डे तिवारी काठमाडौंस्थित सामाखुशीमा बस्दै आएकी थिईन् । अञ्जु काठमाडौंमा पहिले एक्लै बस्दै आए ता पनि पछिल्लो समय भने भाई अशिम तिवारी र बहिनी अश्मिता तिवारीको साथमा बसेकी थिईन् ।

अञ्जुले गत बर्ष मात्र स्नातक तहको पढाई सकेकी थिईन् र पछिल्लो समय विदेश जाने तर्खरमा थिईन् । उनले सामाखुशीस्थित एक जिम क्लवमा जागीर पनि गरिरहेकी थिईन् । गत महिना श्रीमान किश्वर बाबु पाण्डेले श्रीमती अञ्जु पाण्डे तिवारीलाई एक महिने भिसामा कतार बोलाएका थिए ।

श्रीमती अञ्जु पाण्डे तिवारीले श्रीमानलाई ‘किन आउने होर कतार ?’ भनि प्रश्न गर्दा श्रीमानले ‘तँलाई मार्न बोलाको’ भनि जवाफ दिएको भाई र बहिनीले प्रत्यक्ष सुनेका थिए । श्रीमान किश्वर बाबु पाण्डेले या खेलाचि बोल्दा साँच्चिकै भयो या साँच्चिकै मार्ने सेटिङ मिलाएका थिए ?

अञ्जु पाण्डे तिवारी फागुन २ गते १४ फेब्रुवारी ‘भ्यालेनटाईन्’का दिन यो संसारबाट बिदा भईन् ।
अञ्जुका बाबु रुद्र प्रसाद तिवारी पनि वैदेशिक रोजगारीका लागि बिगत १० बर्ष यता कतारमा नै रहँदै आएका थिए ।

बाबु रुद्र प्रसाद तिवारीले १२ फेब्रुवारी छोरीलाई कतारमै भेटेका थिए भने छोरीका साथमा ज्वाँई किश्वर बाबु पाण्डेलाई पनि भेटेका थिए ।
रुद्र प्रसाद १२ फेब्रुवारी मै नेपाल आएका थिए । बाबु जब नेपाल आए तब छोरीको रहस्यमय आत्महत्या भयो । श्रीमान किश्वर बाबु पाण्डेले श्रीमती अञ्जु पाण्डे तिवारीसँग पटकपटक सम्बन्धबिछेद गर भनेका थिए ।

श्रीमतीले ‘म किन सम्बन्धबिछेद गर्ने हजुर आफैं गर्नुस’ भन्दा श्रीमानले ‘मैले सम्बन्धबिछेद मागेर पाउँदिन र तँईले मागे सजिलोसँग हुन्छ’ भन्दै आएका थिए ।

किश्वर बाबु पाण्डेले श्रीमती अञ्जुलाई कहिले ‘तँ मसँग सम्बन्धबिछेद गर भन्ने, कहिले तँलाई म माया पनि दिन्न, सम्बन्धबिछेद पनि गर्दिन’ भन्ने गरेको अञ्जुले माईतीमा पहिले नै बताएकी अञ्जुको आफन्तले बताएका छन् । किश्वर बाबु पाण्डेको प्रेमिका पनि रहेको थियो । पाण्डेले अञ्जुसँग बिबाह हुनुअघि नै लम्जुङ सुन्दरबजारकी लक्ष्मी श्रेष्ठसँग बिबाह गरेको कुरा गोप्य श्रोतले जनाएको छ ।

श्रोतका अनुसार लक्ष्मी श्रेष्ठको किश्वर बाबु पाण्डेको प्रेमिका हुनुपुर्व अर्कैसँग बिबाह भई एक सन्तान छोरा जन्माई श्रीमानसँग सम्बन्धबिछेद गरि बसेकी थिईन् । किश्वर बाबु पाण्डे र लक्ष्मी श्रेष्ठ कतारमा सँगै बस्दै आएका थिए । पाण्डे नेपालमा पटकपटक आउँदा श्रीमती अञ्जुलाई खबर नै नगरि आउने गरेका थिए ।

उनी बिना खबर एक्कासी श्रीमतीको कोठामा आई ढोका ढक्ढकाउने गरेको कुरा अञ्जुले पहिले नै आफ्नो माईतीमा बताएकी थिईन् । कतारस्थित किश्वर बाबु श्रीमती अञ्जुसलाई खाना बनाएर खानु भनि अफिस गएको र अफिसबाट खाना खायो कि खाएन भनि एसएमएस गर्दा रिप्लाई आएन ।

किन आएन एसएमएसको रिप्लाई भनि कोठामा आएको तर आफू कोठामा आईपुग्दा श्रीमतिले आत्माहत्या गरेको रहेछ भनेका छन् ।
उनको कुरा अलि बनावटी रहेको देखिन्छ । कुनै पनि मानिस अफिसमा भएको समयमा एसएमएसको रिप्लाई आएन भनि कोठामा जानु अनि आत्महत्या हुनु यस्तो पनि हुन्छ र ?

यो बिषय निकै संकास्पद रहेको छ । पारिवारीक स्रोतका अनुसार अञ्जुको आत्महत्या होईन हत्या गरिएको बताईएको छ । अञ्जुको पार्थिर शरिर भने नेपालमा ल्याईएको छैन । अञ्जुको समर्थनमा बोल्दीने कतारमा कोही पनि छैनन् । त्यसैले हत्यालाई आत्महत्यामा बदल्दीने आशंका निकै रहेको छ ।

अञ्जुको आफन्त नेपालमा रहेको कतारी राजदुतावास, नेपाल प्रहरी लगायतका स्थानमा गएका छन् तर कतै पनि उनीहरुको कुरामा सुनुवाई नभएको बताएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com