केपि ओलिको जहाज आकाशमै होल्ड गराएपछि


प्रकाशित मिति : फाल्गुन २३, २०७५ बिहीबार

प्रधानमन्त्री केपी शर्मा ओली चढेको जहाज होल्ड भएको विषय छानविन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानबिन समिति गठन गरेको छ । बिहीबार मन्त्रालयले सहसचिवस्तरीय छानबिन समिति गठन गरेको हो।

४ सदस्यीय छानबिन समितिको संयोजकमा मन्त्रालयका सहसचिव सुरेश आचार्य रहेका छन्। अन्य सदस्यहरुमा मन्त्रालयको कानुन महाशाखाका उपसचिव सूर्यवंश शर्मा कँडेल, उपसचिव प्रकाश शर्मा ढकाल र नागरिक उड्डयन प्राधिकरणकी निर्देशक नबिना कर्माचार्य रहेका छन्। कर्माचार्यलाई समितिको सदस्य सचिव बनाइएको छ।

गत फागुन २१ गते मंगलबार प्रधानमन्त्री ओली झापाबाट काठमाडौं आउँदै गर्दा त्रिभुवन विमानस्थलमा जहाजको चाप रहेको भन्दै काठमाडौं एटिसीले २० मिनेट जहाज होल्ड गरेको थियो। भीभीआइपी फ्लाइट भएको बेला अन्य उडानहरु क्लियर गरेर भीभीआइपी उडानलाई अवतरण गर्न दिने चलन छ।

यति एयरलाइन्सको एटिआरजहाज होल्ड भएको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर प्रधानमन्त्री ओली नै चढेको जहाज २० मिनेट होल्डमा बसेपछि कारण पत्ता लगाउन छानबिन समिति बनाइएको मन्त्रालय स्रोतले जनाएको छ। समितिले ७ दिन भित्र प्रतिवेदन दिने बताइएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com