नक्कली कागजात सहित कलाकार भिसा फाइल गरिदिनेलाई न्युयोर्कमा १० बर्ष जेल


प्रकाशित मिति : फाल्गुन २२, २०७५ बुधबार

नक्कली कागजातहरु तयार गरेर कलाकारका लागि पी थ्री भिसा फाइल गरिदिएको अभियोगमा न्युयोर्कको एउटा गैर नाफामुलक संगीत संस्थाको नेतृत्व फन्दामा परेको छ । बु्रकलिनको संघीय अदालतमा चलेको मुद्दामा उनीहरु आफूहरु दोषी रहेको स्वीकार गरेका छन् ।

क्वीन्सको रिगोपार्कमा रहेको एप्पल म्युजिक अवार्ड फाउण्डेशन इन्कका संचालकले आफूहरुले भिसामा जालसाजी गरेको स्वीकार गरेका हुन् । सन् २०१३ को जनवरीदेखि सन् २०१४ को डिसेम्बरसम्म स्टेला बोयादजियान र उनको समुहले नक्कली कागजात बनाएर पी थ्री भिसामा कैयन व्यक्तिलाई अमेरिका ल्याएका थिए ।

परम्परागत कलाका प्रस्तुतकर्ता र सांस्कृतिक रुपमा अद्धितीय रहेको भन्दै उनीहरुले कैयनका लागि १० हजार डलरसम्म लिएर पी थ्री भिसा फाइल गरिदिएको जनाइएको छ । उनीहरुले नक्कली नृत्यका प्रमाणपत्रहरु समेत पेश गरेको जनाइएको छ । अमेरिकामा आइसकेपछि भिसा प्राप्त गर्नेहरुले भिसाको अवधि थप्न अतिरिक्त रकम समेत बुझाउने गरेका थिए ।

स्टेलालाई १० बर्षको कैद सजाय र परिचय चोरेको आरोपमा २ बर्षको अनिवार्य जेल सजाय हुने जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी भिसा, ग्रिनकार्ड, नागरिकता लगायत सबै अध्यागमन अपडेट भिडियोमा हेर्न खसोखासको युट्युब च्यानल सब्सक्राइब गर्नुहोस् । 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com