‘बदला’मा अमिताभले हाने -याप (भिडियो)


प्रकाशित मिति : फाल्गुन २२, २०७५ बुधबार

बलिउड फिल्म ‘बदला’को ‘औकातको बदल दे’ -याप गीत सार्वजनिक भएको छ । यो र्याप गीतमा बलिउडका महानायक अमिताभ बच्चनको आवाज रहेको छ । अमृत मिश्रा र क्लिन्टन केरेजोले आमिताभलाई गायनमा साथ दिएका छन् ।

सिद्धान्त कौशलको शब्द रहेको गीतमा संगीत समायोजन क्लिन्टन केरेजोको रहेको छ । यो फिल्ममा अमिताभ बच्चन वकिलको भुमिका निभाउदै छन् । सुजोय घोषले निर्देशन गरेको फिल्ममा अमिताभसँगै तपसी पुनको पनि मुख्य भुमिका रहेको छ । फिल्मलाई गौरी खान, अक्षि पुरी र गौरव बर्माले निर्माण गरेको हुन् । फिल्म ८ मार्चमा रिलिज हुनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com