अमेरिकी राष्ट्रपतिको चुनावमा ब्लुमबर्ग नउठ्ने


प्रकाशित मिति : फाल्गुन २२, २०७५ बुधबार

न्युयोर्कका पूर्व मेयर माइकल ब्लुमबर्ग सन् २०२० को अमेरिकी राष्ट्रपतिको चुनावमा उम्मेदवार नहुने भएका छन् । मंगलबार ब्लुमबर्गले आफू राष्ट्रपति चुनावको उम्मेदवार नहुने घोषणा गरेका हुन् ।

विश्वका धनी व्यक्तिहरुमध्येका एक ब्लुमबर्गले अमेरिकी राष्ट्रपतिको आगामी चुनावमा उम्मेदवारी दिने चर्चा चलेको थियो । तर ब्लुमबर्गले भने आफूले अन्तिम चुनावमा डोनाल्ड ट्रम्पलाई पराजित गर्नेमा विश्वस्त रहेपनि भीडभाडयुक्त मैदानमा डेमोक्रेटिक नोमिनेशन जित्न मुस्किल रहेको भन्दै चुनावमा नउठ्ने घोषणा गरेका हुन् ।

५० बिलियन भन्दा धेरै सम्पत्ति भएका ब्लुमबर्गले सन् २००२ देखि सन् २०१३ सम्म न्युयोर्कको मेयर भएर काम गरेका थिए । ७७ बर्षका ब्लुमबर्ग सन् २००१ भन्दा अगाडि डेमोक्रेटिक थिए भने सन् २०१८ पछि पनि डेमोक्रेटिक हुन् । तर सन् २००१ देखि सन् २००७ सम्म उनी रिपब्लिकन थिए भने सन् २००७ देखि सन् २०१८ सम्म स्वतन्त्र थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com