यस्तो बाकस जस्तो घरमा भेटिए अमेरिकामा ६९ कागपत्रविहिन


प्रकाशित मिति : फाल्गुन २०, २०७५ सोमबार

अमेरिकाको न्यु मेक्सिकोमा २० चौडाई र २० फुट लम्बाई भएको एउटा बाकसजस्तो घरभित्र लुकाएर राखिएको अवस्थामा ६९ कागजपत्रविहिन आप्रवासीहरुलाई फेला पारिएको छ । मानवतस्करहरुले कागजपत्रविहिनहरुलाई लुकाईछिपाई राख्नका लागि त्यस्तो घरको प्रयोग गरेको आइसले जनाएको छ ।

६९ जनामध्ये ६ जना अभिभावक नभएका टिनएजरहरु रहेको जनाइएको छ । अधिकांश आप्रवासीहरु ग्वाटेमाला र इक्वेडरका भएको जनाइएको छ । ट्वाइलेट समेत नभएको उक्त स्थानमा बाथरुम प्रयोग नगर्न सुचना समेत टासिएको पाइएको छ ।

त्यहाँ राखिएका आप्रवासीहरुलाई असाध्यै कम पानी र खाना दिने गरिएको जनाइएको छ । आपराधिक मानवतस्करीको गिरोहले सामान्य मानव जीवनको समेत सम्मान नहुने गरी यस्तो अवस्थामा उनीहरुलाई राखेको आइसका विशेष एजेन्टले जनाएका छन् ।

ग्वाटेमालाको ३८ बर्षीय थोमस मिगेललाई उक्त कार्यमा संलग्न रहेको अभियोगमा पक्राउ गरिएको छ । मानव तस्करीमा संलग्न रहेको र अमेरिकाबाट देशनिकाला भइसकेपछि पनि गैरकानुनी रुपमा पुन प्रवेश गरेको अभियोगमा मिगेलबिरुद्ध मुद्दा दायर गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com