मात्र बाँचौ यो भूमिका लागि


प्रकाशित मिति : फाल्गुन १९, २०७५ आईतबार

  • कबी सुबा

अखण्ड यो भूमिमा मेरो घामको फूल हिमालमा फूल्छ भन्छन!
उज्यालो ज्योति छरेर भूमि उर्वर अनि समृद्द बन्दछ भन्छन्!!

देशलाई मायाँ गर्दा मात्र यो देश सुन्दर हुन्छ अरे भन्छन् !
हरेक मनका असल कर्म पोखे मात्र पो भूमि अपूर्व बन्छ भन्छन् !!

ताराहरु आकासमा झैँ हामी यो देशमा कर्म गर्दै चम्कनु पर्छ !
चन्द्रलाई छातीमा स्नेहले राखी मुटुमा देश जतनले लुकाउनु पर्छ!!

पीयूष धारा बोकुन हर नदी कलकल सरिता झैँ बगुन यस् धरामा !
हिउँका चुचुरा अमृत पोखि रमुन यो सुन्दर भूमिमा !!

हावा मानव हितमा बहोस सितल सितल बतास बनेर !
घामले आफ्ना किरण पोखोस् अन्न फलफूलमा
प्राण भरेर !!

शिर्जनाको चाहनाले हामीले आफ्नो धरालाई सजाउनु पर्छ!
तीनकोटी नेपालीको योगदान देशलाई अर्पण गर्नु पर्छ !!

जीवन हो यो हाम्रो यात्रा गर्दा पथ अति सुन्दर बन्नु पर्छ !!
त्याग हरपल देशलाई गर्दा पो यो जीवनको
सार सुन्दर हुन्छ !!

खै र कति अम्मर छ र मानिसको यो जीवन चोला !
अहिले सुन्दर जीवन खै कति खेर के पो होला ?

हरेक मानिसको योग्यता बुझौँ योग्यता अनुसार कर्म गर्न दिऔँ!
युवा काँधमा यो देश सुम्पिएर अग्रजको अनुभवले देश बनाऔँ!!

पत्रकार कलमले देश जोगाउन्, शेनाहरुले देश बनाउन !
पुलिस प्रसाशन देश जोगाओस् ,जनताको राजमा देश चलाउन् !!

यसैले त हरपल त्याग र असल कर्म हाम्रा यो देशलाई पोखौँ !
देश बनाई पाएको हाँसो र गौरव लिएर हामी सँधै बाँचौँ !!

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com