बेलायतमा कागजपत्रविहिनलाई घरभाडामा नदिने नीति अदालतबाट खारेज


प्रकाशित मिति : फाल्गुन १८, २०७५ शनिबार

बेलायतमा कसैलाई घर वा अपार्टमेन्ट भाडामा दिनु अगाडि घरवेटीले अध्यागमन स्टाटस प्रमाणिकरण गर्नुपर्ने नियमलाई बेलायतको सर्बोच्च अदालतले खारेज गरिदिएको छ । मानव अधिकार सम्बन्धि कानुनहरुसँग उक्त नीति बाझिएको भन्दै हाइकोर्टले खारेज गरिदिएको हो ।

बेलायतमा भाडा सम्बन्धि नीतिमा कागजपत्रविहिन आप्रवासीहरुलाई भाडामा दिने घरवेटीहरुले असिमित जेल सजाय वा जरिवाना हुनसक्ने प्रावधान रहेको थियो । बर्तमान प्रधानमन्त्री टरिजा मे सन् २०१० देखि २०१६ सम्म गृहमन्त्री रहेको बखत उक्त नीतिको विकाश गरेकी थिइन् ।

अध्यागमन ऐन २०१४ र २०१६ मा समेत समावेश गरिएको उक्त नीतिको उद्देश्य बेलायतमा कागजपत्रविहिनहरुलाई बस्नका लागि निरुत्साहन गर्नु रहेको थियो । कैयन प्रावधानहरुले कागजपत्रविहिनहरुलाई स्वास्थ्य, शिक्षा र बैंक सुविधाबाट समेत बञ्चित गर्दै आएको छ ।

एउटा गैर नाफामुलक एड्भोकेसी समुहले कागजपत्रविहिनलाई भाडामा नदिने नीतिले मानवअधिकारको उल्लंघन गरेको भन्दै अदालतमा मुद्दा दायर गरेको थियो । अदालतको फैसलापछि बेलायती गृहमन्त्रालयले भने असन्तुष्टी जनाउँदै अदालतको फैसलाबिरुद्ध अपिल गर्ने आशय व्यक्त गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com