अस्ट्रेलियामा गुमनाम छोरालाई आमा बाबुको सन्देश- फर्केर स्वदेश आउ !


प्रकाशित मिति : फाल्गुन १५, २०७५ बुधबार

हेमन्त काफ्ले

हातको मैलोसुनको थैलोके गर्नु धनलेसाग र सिस्नो खाएको बेस आनन्दी मनले

महाकवि लक्ष्मीप्रसाद देवकोटाले धन र मनको ब्याख्या गरेको धेरै वर्षपछि युवा गायक पुष्पन प्रधानले बिदेसिएका युवालाई सन्देश दिँदै देश फर्कन आब्हान गर्दै गीत गाए।

‘पैसा होइन, पासो छ परदेशमा, बोलाउँदैछन् आमा बाबाले स्वदेशमा , छोरा फर्केर स्वदेश आउ, शान्तिको गुड सानो देशमै बनाउ…’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

काठमाडौंको मध्यम वर्गिय परिवारमा घटेको घट्नालाई यस्तै शन्देशसँग हामीले जोड्ने प्रयास गरेका छौ।

दश वर्षअघि सुनौलो सपना बोकेर उच्च अध्ययनका क्रममा अस्ट्रेलिया छिरेका समन (नाम परिवर्तन) यतिखेर गुमनाम छन्। आएको दुई तीन वर्ष राम्रो पढे, केही कमाए अनि घरमा पठाए पनि।

लगातार घर परिबारसँगको सम्पर्कमा रहने यी युवा यतिखेर कहाँ र कुन हालतमा के गर्दै छन् परिवारलाई पत्तो छैन।

एक वर्ष अघिसम्म नाम नदेखिने नम्बरबाट आफू ठिकै रहेको र कामधाम हुँदैछ, कागजपत्र पनि बन्दै छ भन्ने समन करिब एक बर्षदेखि परिवारको सम्पर्कमा छैनन्।

गएको तीन वर्षपछि ऊ निकै पातलो सम्पर्कमा रहन्थ्यो। महिनामा एक दुई पटक, त्यसपछि दुई महिनामा यस्तै गर्दै जाँदा ऊ पुरै टाढा जस्तो भयो।

हामी चिन्तित हुन थाल्यौं, बाहिरको बासिन्दा भए पनि काठमाडौंमा सानो घर थियो। पटक पटक राम्रो पढ्न नसके उसलाई नेपाल फर्कन र यतै केही गरौंला भनेका थियौ। ‘हेरौं कागज बन्ने क्रममा छ..’ भनेर हाम्रा कुरालाई उसले फीस्स टारिदिन्थ्यो। उताबाट फोन गर्दा त्यति धेरै बोल्न मान्दैनथ्यो, ‘राम्रो छ, ठिक छ ,भइराछ’ भन्ने गथ्र्यो। अभाव र पीडाको कुरा कहिलै गरेन, न त उसले सफलता र उमंगको कुरा गर्‍यो।

नेपाल बस्ने हामीलाई अस्ट्रेलियाको बसाइ, पढाइ अनि कमाइका बारेमा पटक्कै जानकारी थिएन। सन् २००९ तिर ऊ अष्ट्रेलियाको कुनै कलेजमा डिप्लोमा पढ्न गएको थियो । त्यसपछि उसले एड्भान्स डिप्लोमा अनि ब्याचलर पढेकोसम्म अभिभावकले सुनेका थिए।

यतिखेर एक दशकले खुट्किलो पार गर्दै जाँदा पनि विदेशिएको छोरोको कमाइ होइन अनुहार पनि हेर्न नपाएपछि यी अभिभावक निकै चिन्तित छन्।

उनीहरूले सेतोपाटीमा छोरा खोजिदिन अनुरोधसमेत गरेका छन्। ‘फेरि नाम दिँदा रिसाएर झन केही गर्ला भो नहालिदिनुस्,’ ती अभिभावकले भने।

यस्तै अभिभावकको पीडालाई पुष्पन प्रधानको गीत ‘धनै त हो भाग्यमा भए जति नै मिल्छ ,परिश्रम गरे शान्ति बैभव देशमै मिल्छ, छोरा फर्केर स्वदेश आऊ’ भन्ने भावमा शन्देश पस्कन लागेका हौ।

यतिखेर आमा बिरामी हुनुहुन्छ, आमालाई सबै छोराको माया बराबर हुन्छ। एउटाले माया गरे पनि अर्कोले दुःख पाएको आमाले हेर्न सक्ने कुरै भएन। अभिभावकको पीडालाई छोरा छोरीले बिर्सदै गर्दाको परिणाम पनि हो यो।

बिरामी आमा भक्कानिदै छोरालाई खोजिदिन आग्रह गर्दैगर्दा बाबु रमेश (नाम परिवर्तित) भन्छन्, ‘खोइ बिहे गरेर उतै घरजम गरेको हो कि, भिसा बिग्रिएर आउन नपाएको वा कुलतमा फसेको छ थाहा भएन,’ कुराकानीका क्रममा बाबु रमेशले भने, ‘हाम्रो बिन्ती भनेको घरमा फोन गरेर भए पनि अनुहार देखाइदियोस् त्यति भए आमालाई केही हुलुका हुने थियो।’

बिदेशमा पढेर, पैसो कमाएर छोराले पठाउँला अनि उसको बिहे गर्ने आमाको ठूलो रहर थियो। छोरासँगै बसेर बुढेसकालको जिन्दगी खुसीसाथ बिताउने आमाबाबाका सपना यतिखेर सपनामै सिमित भएको छ।

बिदेशिएको छोरोले कमाएर पठाउने भन्दा फोन गरेर हालचाल समेत नसोध्दा आमाको पीडा झन बल्झेको छ। त्यति मात्र होइन पछिल्लो एक वर्ष त फोन पनि आएन।

‘साथीभाइ र इष्ट मित्र लगाएर सोधीखोजी गर्दा केहीले सिड्नी त कहिले मेलवर्न तिर देखिएको खबर सुनिन्छ। खोइ के हो कसरी भन्नु छोरो हरायो भनेर’, बाबु रमेशले परिवारको पीडा पोखे।

यो माया मोह र प्रेमजालले बेरिएको संसारमा गुमनाम छोराहरुको कथा केही फरक र अलग पनि हो। जन्मदिने आमाबाबुको माया र मोह नरित्तिने कथा पनि हो यो।

थलिएका आमाबाबु बिदेशिएको भुसतिघ्रे छोराको खोजिमा लाग्नुपर्दा उनीहरूको पीडाको भाव पोखिदिने कोशिश समेत गरेका हौ।

यतिखेर अस्ट्रेलियामा नेपाली समाजको संख्या ह्वात्तै बढ्दै जाँदा यस्ता गुमनामको समस्या पनि बढ्दै गएको छ। विदेशमा पढ्न आएका कयैन विद्यार्थी अचानक अभिभावकको सम्पर्कमा आउन छोडनु भनेको केहि खराबी वा सोचेजस्तो नुहनु पनि हो।

नेपालबाट कनिकुती पैसा जम्मा गरेर बिदेश पठाएको छोरोले पढ्न पनि सकेन अनि पैसा पनि कमाउन सकेन भने मुख कसरी देखाउने भन्ने सोच हुन्छ, जुन बिलकुलै गलत हो। केही भने लागूपर्दाथ र जुवा तासले पनि गुमनाम भएका छन्। कोही प्रवेशाज्ञाको समस्याले गुमनाम भएका छन्।

लागूपदार्थ र जुवाको लतमा फसेकाको कहानी भने बेग्लै हुन्छ।  कमाउ, खाउ र खेलमै बित्ने गर्छ जसले परिवार र  अभिभावकको चियो चर्चोमा खर्चने र सोच्ने समय हँदैन अनि विस्तारै गुमनामको जिन्दगीमा उनीहरू पुग्छन्।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com