भारत–पाकिस्तानबीच तनाव, नेपालमा उच्च सुरक्षा सर्तकता


प्रकाशित मिति : फाल्गुन १५, २०७५ बुधबार

भारतीय वायुसेनाले मंगलबार पाकिस्तानमा बम प्रहार गरे लगत्तै दुवै मुलुक वीच विकसित भएको तनावपछि नेपालले पनि उच्च सुरक्षा सर्तकता अपनाएको छ ।

एक अर्को मुलुक विरुद्ध नेपालको भूमि प्रयोग हुन सक्ने ठहर गर्दै सुरक्षा निकायले सुरक्षा निगरानी बढाएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहित अन्य आन्तरिक विमानस्थल र नेपाल–भारत सीमावर्ती क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको गृह मन्त्रालयले जनाएको छ ।

दुई देशबीच तनाव भएपछि नेपालको भूमी प्रयोग गरी कुनै अबाञ्छित गतिविधि नहोस् विमानस्थलमा उच्च सुरक्षा सतर्कता बढाएको त्रिभुवन अन्तर्राष्ट्रिय सुरक्षा कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) देवबहादुर बोगटीले जानकारी दिनुभयो । ‘नेपाल हुँदै भारत र ओहोर–दोहोर गर्ने विमान र यात्रु माथि निगरानी बढाइएको छ, शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने काम पनि भइरहेको छ’–उहाँले भन्नुभयो ।

साथै नेपाल हुँदै खाडी मुलुक जाने–आउने विमानका यात्रु र यात्रुका ‘लगेज’ माथि पनि निगरानी बढाइएको बताउँदै एसएसपी बोगटीले भन्नुभयो–‘ कुनै अबाञ्छित व्यक्ति र समुहको घुसपैठको संभावना हुन नदिन सुरक्षा निकाय ‘अलर्ट’ बनेको छ ।’ यसका लागि प्रहरीसँग उपलब्ध सबै स्रोत साधन परिचालन गरिएको उहाँले बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भारतले मंगलबार बिहान सबेरै लडाकु विमान मार्फत पाकिस्तान नियन्त्रित कास्मिरको बालाकोट क्षेत्रमा हवाई आक्रमण गरेपछि दुवै मुलुकले सुरक्षा रणनीति बढाएका छन् । शक्तिशाली विस्फोटमा ३ सय भन्दा बढी आतंककारी मारिएको भारतीय पक्षको दावी छ भने भारतीय आक्रमणको पुष्टी गरेको पाकिस्तानले पनि मानवीय क्षति नभएको दावी गरेको छ ।

भारतीय विदेश सचिव विजय गोलखेले गत फेबु्रअरी १४ मा कास्मिरको पुलवामा भएको आत्मघाती हमला भएजस्तै घटना फेरी दोहोरिन सक्ने पूर्व सूचनाका आधारमा मंगलबारको हमला गरेको बताउनु भएको छ । बालाकोटमा भारतीय दावी अनुसार मानवीय क्षती नभएको भन्दै पाकिस्तानी विदेशमन्त्री साह मोहम्मद कुरेशीले खण्डन गर्नु भएको छ ।

भारत–पाकिस्तानवीच केही दिन अघिदेखि नै खटपटी सुरु भएपछि सुरक्षा निकायले काठमाडौं सहित अन्यत्र निगरानी बढाउन थालेको प्रहरीका उच्च अधिकारी बताउँछन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com