बम विस्फोटका घाइते भेट्न गृहमन्त्री र आइजिपी अस्पताल, सरकारले निशुल्क उपचार गराउने


प्रकाशित मिति : फाल्गुन ११, २०७५ शनिबार

गृहमन्त्री रामबहादुर थापा बादल एवं आइजिपी सर्वेन्द्र खनाल ललितपुरको मेडिसिटी अस्पताल पुगेका छन् । गएराति ललितपुरको नक्खुमा भएको बम विस्फोटमा परी घाइते भएकाहरूको अवस्था बुझ्न उनीहरु अस्पताल पुगेका हुन् ।

बम विस्फोटमा परी गम्भीर घाइते भएका सिंहप्रसाद गुरुङको मृत्यु भएको छ भने अन्य दुई जनाको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । गृहमन्त्री थापाले घाइतेहरूको निशुल्क उपचार हुने बताएका छन् ।

घटनाबारे छानबिन गर्ने र सत्यतथ्य पत्ता लगाएर दोषीमाथि कारबाही गर्ने प्रतिवद्धता जनाउनुभयो । मुलुकको शान्ति सुरक्षामा आँच आउने गरी भएको विष्फोटप्रति सरकार गम्भीर भएकाले छानविन सुरु गरिएको समेत उहाँको दावी थियो ।

घाइते भएका ललितपुर ४ बागडोल बस्ने २६ को प्रतिक्षा खड्का र मेडिसिटी अस्पतालमा कार्यरत स्टाफ नर्स उरुशा मानन्धरको उपचार भइरहेको छ ।

ललितपुरको नख्खुस्थित एनसेल मुख्यालय गेट अगाडि शुक्रबार साँझ भएको बम विस्फोटमा परी तीन जना घाइते भएकोमा लम्जुङका ४९ वर्षीय सिंहप्रसाद गुरुङको मृत्यु भएको छ ।

शुक्रबार राति नै देशका कतिपय ठाँउमा एनसेलका टावरमाथि बम विस्फोट र आगजनी भएको थियो भने केहि ठाउँमा बम फेला परेका थिए।

मन्त्री थापाले घटनामा संलग्न रहेकाहरुबारे अनुसन्धमन भइरहेको र उनीहरुलाई पक्राउ गरी कारबाही गरिने बताएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com