तीनजना नेपाली भूपू आर्मीहरु मानव तस्करको फन्दामा ! कम्बोडिया हुँदै लाओस पुर्याइयो (भिडियो)


प्रकाशित मिति : फाल्गुन १०, २०७५ शुक्रबार

मानव तस्करीको एक खतरनाक गिरोहले तीन जना नेपाली भूपू आर्मिहरुलाई थाईल्याण्डमा काम लगाईदिन्छु भन्दै ठगि गरेका छन् |

फागुन ७ गते जुन मानव तस्करहरुको गिरोहको तश्वीर सहित साझा सबाल मिडियाले समाचार सार्वजनिक गर्यो | त्यसको ठीक तीन दिन पछी सोहि गिरोहका मध्ये एकजनाले तीन जना भूपू नेपाल आर्मीहरुलाई लाओस पुर्याएर ठगि गरेको बारे जानकारी प्राप्त भएको छ  | ठगिएर लाओसमा अलपत्र परेका नेपालीहरुसँग साझा सबालले लाओसमै सम्पर्क गरेको थियो | उनीहरुसंगको संवाद तल भिडियोमा सुन्न सक्नुहुन्छ |

उक्त गिरोहले पटक-पटक गरि पछिल्लो डेढ बर्षमा झन्डै २ दर्जन भन्दा बढीलाई ठगि गरिसकेका छन् | सोहि समुहका मध्ये एक उमेश रानाले तनहुँका बुद्धि गुरुङ, तनहुँकै सुरेश राना र उदयपुर गाईघाटका बिरेन्द्र मगरलाई थाइल्याण्ड-कम्बोडिया हुँदै लाओस पुर्याएर सम्पर्क बिहिन भएको लाओसबाट पिडित सुरेश रानाले साझा सबाललाई बताए | उनका अनुसार उनि सहित तीन जना भुतपुर्व आर्मी हुन् | भूतपूर्व आर्मीहरुलाई राम्रो तलबमा थाइल्याण्डमा काम दिलाईदिने प्रलोभन देखाई गिरोह मध्येका एक उमेश रानाले इमो मार्फत आफूहरुलाई बोलाएको र उसैको विश्वासमा थाइल्याण्ड आएको रानाले बताए |

पिडित रानाका अनुसार थाइल्याण्ड आएपछि उनीहरुलाई भिषा लगाउन जाने भन्दै १२ घण्टा गाडीमा यात्रा गराएर थाइल्याण्ड र कम्बोडियाको बोर्डर पुर्याईएको थियो त्यसपछि लाओस पुर्याइएको पिडितहरुले बताएका छन् | पिडितहरुका अनुसार उमेश रानाले उनीहरुसँग जनही ६ लाख ५० हजार लिएर सम्पर्क बिहिन भएका हुन् |

लाओसमा अलपत्र परेका उनीहरु परिवारको आर्थिक सहयोगमा सोमबार नेपाल फर्कदैछन् |

 

 


थाईल्याण्डसम्मको लागि टिकट


लाओसको भिषा, यो भिषामा बसेर काम गर्न पाइन्न 


माथिको तश्वीरमा: लाओस पुर्याई अलपत्र पारिएका बुद्ध बहादुर गुरुङ (तनहुँ), सुरेश राना मगर (तनहुँ) र विरेन्द्र कुमार (उदयपुर)  

जिम्मेवार निकायको ध्यानाकर्षण भएन 

एउटै गिरोहले एकै बाटो प्रायोग गरेर मानव तस्करी गरिरहेको सूचना पटक-पटक पाएर पनि सम्बन्धित निकाय भने मौन बसेको पिडितहरुले गुनाशो गरेका छन् | पिडितहरुले आफूहरु ठगिएको बारे तश्वीरसहित गुनाशो गर्दा प्रमाण नपुगेको भन्दै फर्काईएको बताए |

यही गिरोहले यस अघि पनि पटक-पटक युवाहरुको समुहलाई लाओस पुर्याउदै सम्पर्क बिहिन बनेको भन्ने बारे पिडितहरुले जानकारी गराएको तर अहिलेसम्म तस्करहरु पक्राउ नपरेको पिडितहरुले बताएका छन् | बैदेशिक रोजगार बिभाग तथा प्रहरीसमक्ष तस्करहरुको तश्वीर सहित पिडित युवाहरुले उजुरी दिएको भएपनि जिम्मेवार निकायको ध्यानाकर्षण नहुँदा गिरोहमा संलग्न भएकाहरुले अहिलेसम्म पनि नेपाली युवाहरुलाई ठगि गरिरहेका छन् |

आफू मानव तस्करको फन्दामा परेको बताउने सुरेश राना सहित तीन जना भूपू आर्मीहरुले सोमबार नेपाल फर्केपछि उमेश राना विरुद्ध उजुरी  दिने बताएका छन् |

तश्वीरमा: लाओस पुर्याएर तीन नेपालीलाई ठगि गर्ने उमेश रानाको पासपोर्ट | उनले आफूलाई अभिमन्यु नामले चिनाउने गरेको पिडितहरुले बताएका छन् | 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com