काश्मिर हमलामा मारिएका सैनिकका सन्तानलाई मुकेश–निता अम्बानीले शिक्षा, रोजगारी दिने


प्रकाशित मिति : फाल्गुन ५, २०७५ आईतबार

भारत प्रशासित काश्मिरमा मारिएका सैनिक जवानको परिवारको मद्दतका लागि मुकेश–निता अम्बानीको रिलायन्स फाउन्डेशनले शिक्षा तथा रोजगारी दिने जिम्मा लिएको छ । साथै उक्त फाउन्डेशनले पीडित परिवारलाई जिविकोपार्जनको जिम्मेवारी पनि उठाउने घोषणा गरेको छ ।

१.३ अर्ब हिन्दुस्तानीको दुःखमा हामी पनि समावेशः रिलायन्स

रिलायन्स फाउन्डेशनले आवश्यक परेको खण्डमा आफ्नो अस्पताल घाइते जवानको उपचारका लागि तयार भएको समेत जानकारी दिएको छ । फाउन्डेशनले एक वक्तव्य जारी गर्दै भनेको छ, ‘सरकारले यदि चाहेको खण्डमा हामी अन्य जिम्मेवारी पनि उठाउनेछौं । १.३ अर्ब हिन्दुस्तानीको दुःखमा पूरा रिलायन्स परिवार साथ छ ।’

उक्त वक्तव्यमा भनिएको छ, ‘संसारको कुनै पनि शक्तिले भारतको एकतालाई र आतंकवादलाई हराउने संकल्प तोड्न सक्दैन । देशले वीर जवानको शहादतलाई बिर्सन सक्दैन । हामी घाइते जवानको शीघ्र स्वास्थ्य लाभको कामना गर्छौं ।’

बिहिबार काश्मिरको पुलवामामा भएको चरमपन्थी हमलामा ४० सैनिकको मृत्यु भएको छ । थुप्रै जवान घाइते छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com