एनआरएनए अमेरिकाको सदस्यता लिने अवधि समाप्त, सर्भरको खराबीले सदस्य बन्न बञ्चित


प्रकाशित मिति : फाल्गुन ४, २०७५ शनिबार

पटकपटक वेवसाइटको सर्भरमा खराबी आएर कैयनले एनआरएनए अमेरिकाको सदस्यता लिन नपाएपनि एनआरएनए अमेरिकाको सदस्यता लिने अवधि समाप्त गरिएको छ । सदस्यता लिने अन्तिम दुई दिन बिहिबिार र शुक्रबार एनआरएन अमेरिकाको वेवसाइटको सर्भरमा आएको खराबीका कारण कैयनले सदस्यता लिन नपाएको गुनासो गरेका छन् ।

सन् २०१९ देखि २०२१ सम्मको कार्यकालका लागि एनआरएन अमेरिकाको सदस्यता लिने म्याद फरबरी १५ को पूर्वीय समय अनुशार राती १२ बजे समाप्त भएको हो । त्यसपछि एनआरएन अमेरिकाको सदस्यता वितरण मार्च १ सम्मका लागि बन्द गरिएको छ । आगामी मार्च १ देखि एनआरएन अमेरिकाको सदस्यता पुन खुलाइने भएपनि उक्त सदस्यता सन् २०२१ देखि २०२३ सम्ममात्र प्रभावकारी हुनेछ । अर्थात् उनीहरुले सन् २०२१ मा हुने एनआरएन अमेरिकाको चुनावमामात्र मताधिकार पाउनेछन् ।

फरबरी १५ को मध्यरातसम्ममात्र सदस्यता लिएकाहरुलेमात्र सन् २०१९ एनसीसीको चुनावमा मत दान गर्न पाउने र आईसीसीको चुनावमा प्रतिनिधिका रुपमा पनि उनीहरुबाटमात्र छानिने एनआरएनए अमेरिकामा महासचिव बीआर लामाले खसोखासलाई जानकारी दिए । फरबरी १५ को मध्यारातसम्म शुल्क नबुझाउनेहरुका सन्दर्भमा पछि शुल्क बुझाउने अवशर प्रदान नगरिने भएको छ । अहिलेसम्म सदस्यताका लागि आवेदन दिएका तर शुल्क नबुझाएकाहरुको संख्या झण्डै १५ सय रहेको छ ।

अहिलेसम्म शुल्क बुझाएर सदस्यता लिनेहरुको संख्या ८ हजार ६ सय रहेको एनआरएन अमेरिकाले जनाएको छ । उनीहरुको प्रमाणिकरण जारी रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com