एनआरएन अमेरिकाको सदस्य बन्ने म्याद नथपिने, फरबरी १५ को मध्यरातसम्म डेडलाइन
प्रकाशित मिति : फाल्गुन ४, २०७५ शनिबार

पटकपटक वेवसाइटको सर्भरमा खराबी आएपनि एनआरएन अमेरिकाको सदस्य बन्ने म्याद नथपिने भएको छ । सन् २०१९ देखि २०२१ सम्मको कार्यकालका लागि एनआरएन अमेरिकाको सदस्यता लिने म्याद फरबरी १५ को पूर्वीय समय अनुशार राती १२ बजेसम्ममात्र रहेको छ ।
त्यसपछि एनआरएन अमेरिकाको सदस्यता वितरण बन्द गरिनेछ । आगामी मार्च १ देखि एनआरएन अमेरिकाको सदस्यता पुन खुलाइने भएपनि उक्त सदस्यता सन् २०२१ देखि २०२३ सम्ममात्र प्रभावकारी हुनेछ । अर्थात् उनीहरुले सन् २०२१ मा हुने एनआरएन अमेरिकाको चुनावमामात्र मताधिकार पाउनेछन् ।
फरबरी १५ को मध्यरातसम्ममात्र सदस्यता लिएकाहरुलेमात्र सन् २०१९ एनसीसीको चुनावमा मत दान गर्न पाउने र आईसीसीको चुनावमा प्रतिनिधिका रुपमा पनि उनीहरुबाटमात्र छानिने एनआरएनए अमेरिकामा महासचिव बीआर लामाले खसोखासलाई जानकारी दिए । फरबरी १५ को मध्यारातसम्म शुल्क नबुझाउनेहरुका सन्दर्भमा पछि शुल्क बुझाउने अवशर प्रदान नगरिने भएको छ । अहिलेसम्म सदस्यताका लागि आवेदन दिएका तर शुल्क नबुझाएकाहरुको संख्या झण्डै १५ सय रहेको छ ।
अहिलेसम्म शुल्क बुझाएर सदस्यता लिनेहरुको संख्या ८ हजार ६ सय रहेको एनआरएन अमेरिकाले जनाएको छ । उनीहरुको प्रमाणिकरण जारी रहेको छ ।