‘प्रकृया पुरा नहुँदै सबै पाइयो भन्नु भन्दा संसदलाई बिश्वास गरेर पर्खौं’


प्रकाशित मिति : माघ १४, २०७५ सोमबार

एनआरएनए आईसीसीका उपाध्यक्ष कुल आचार्यले एनआरएन नागरिकताका सन्दर्भमा प्रकृया पुरा नहुँदै सबै कुरा प्राप्त भयो भन्नु भन्दा पनि सिंगो संसदप्रति पूर्ण बिश्वास गर्दै अन्तिम घडीसम्म पर्खनु हितमा हुने बताउनुभएको छ । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले नागरिकता ऐन २०६३ मा एनआरएन नागरिकतामाथिको संशोधन प्रस्तावलाई पारित गरेपछि आचार्यले यस्तो प्रतिकृया दिनुभएको हो । संसोधन प्रस्तावलाई संसदको पूर्ण बैठकले अनुमोदन गरेपछि कानुनको रूपमा कार्यान्वयन हुनेछ ।

संविधानले ब्यवस्था गरे अनुसार हामी गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने अन्तिम पलमा पुगेको जनाउँदै आचार्यले गैरआवासीय नेपाली नागरिकताको ब्यवस्था सहित सरकारले संसदमा पेस गरेको नागरिकता ऐन संसोधन बिधेयक सम्बन्धित समितिमा छलफल भएर अन्तिम निष्कर्षमा पुग्दै गरेको जनाउनुभएको छ । यसै क्रममा एनआरएनसँग सम्बन्धित बिषयहरुले बिशेष महत्व पाएको र संसदका सम्बन्धित समितिका पछिल्ला बैठकहरुले एनआरएनको बिषयलाई सकारात्मक रुपमा लिएकोमा आफूहरुलाई थप उत्साही बनाएको आचार्यले बताउनुभएको छ ।

नागरिकता प्राप्त गर्न नेपाली बोल्नु पर्ने, गृह मन्त्रालयबाट मात्रै नागरिकता लिन सकिने जस्ता प्रावधानहरु हटाएमा अहिलेको जमाना सुहाउदो र सजिलो हुने तथा आफूहरुले यो कुरा सांसदहरुसम्म पुराएको भन्दै आचार्यले भन्नुभयो – ‘तर पनि प्रकृया पुरा हुन धेरै बाँकी छ । निर्णय हुनु पर्ने बिषय पनि धेरै नै छन् ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com