पारित नागरिकता सम्बन्धि प्रस्ताव एनआरएनले माग गरे बमोजिम : भवन भट्ट


प्रकाशित मिति : माघ १४, २०७५ सोमबार

एनआरएन नागरिकता सम्बन्धि संसोधन प्रस्ताव गैर आवासिय नेपाली संघले माग गरे बमोजिम संसदीय समितिबाट सर्वसम्मत पारित भएको भन्दै एनआरएनए अध्यक्ष भवन भट्टले त्यसको स्वागत गर्नुभएको छ । उहाँले एनआरएनका तर्फबाट नेपाल सरकार प्रति सधन्यवाद हार्दिक आभार व्यक्त गर्नुभएको छ । साथै नेपाली नागरिकता निरन्तरता कार्यदल तथा सहयोगि सबैमा धन्यवाद समेत दिनुभएको छ ।

सोमबार सम्पन्न राज्य ब्यवस्था तथा सुशासन समितिमा सांसद डा. सूर्य पाठकले राखेको संशोधन प्रस्तावलाई पारित गरिएको हो । बिहान ११ बजेदेखि चलेको समितिको बैठकमा कानुन र गृह मन्त्रालयका उच्च अधिकारीलेसमेत आ(आफ्नो सुझाव प्रस्तुत गरेका थिए।

यसअघि गैरआवासीय नेपाली संघले नेपाल सरकारले संघीय संसदमा दर्ता गराएको नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकप्रति संघले ९ वटा बुँदामा सुझाव दिएको थियो।

संघलेले गैरआवासीय नेपालीलाई नागरिकतासम्बन्धी व्यवस्थाका केही बुँदाको स्वागत गरी अपूर्ण बुँदाहरू सच्याउन मागसमेत गरेको थियो।

गैरआवासीय नेपाली नागरिकतालाई वंशज, जन्मसिद्ध र अंगिकृत जस्तै नेपालको नागरिकतासरह नागरिकताको प्रमाणपत्र उपभोग गर्न पाउने प्रष्ट व्यवस्थाको माग गरिएको थियो।

संसदीय समितिले पारित गरेको सो संसोधन प्रस्तावलाई संसदको पूर्ण बैठकले अनुमोदन गरेपछि कानुनको रूपमा कार्यान्वयन हुनेछ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com