गैरआवासिय नागरिकता दिने संशोधन प्रस्ताव पारित, एनआरएनए अमेरिकाद्धारा निर्णयको स्वागत


प्रकाशित मिति : माघ १४, २०७५ सोमबार

बिदेशमा रहेका नेपालीहरुलाई गैरआवासिय नेपाली नागरिकता दिने बिषय टुंगो लाग्ने भएको छ । यसले विश्वभर रहेका नेपालीहरुमा खुसी ल्याएको छ । बाध्यता या रहरमा बिदेशीएका नेपालीहरुलाई कानुनत नागरिकता दिने बिषयमा संसदको राज्य व्यवस्था तथा सुशासन समितिले संशोधन प्रस्तावलाई पारित गरेपछि गैरआवासिय नेपालीहरुले नागरिकता पाउने बिषयको टुंगो लाग्ने भएको छ ।

विदेशमा रहेका नेपालीहरुलाई नागरिकता दिने बिषयमा धेरै चरणमा छलफल तथा बिदेशमा रहेका नेपालीहरुको निरन्तर दबावपछि संसदको राज्य व्यवस्था तथा सुशासन समितिले गरेको हो ।

सोमबार सम्पन्न राज्य व्यवस्था तथा सुशासन समितिमा सांसद डा. सूर्य पाठकले राखेको संशोधन प्रस्तावलाई पारित गरिएको छ । सांसद पाठकले बिदेशमा रहेका नेपालीहरुका लागि आजको दिन निकै खुसीको दिन रहेको र समृद्ध नेपाल निमार्णका लागि यो सुखद सुरुवात भएको प्रतिकृया दिएका छन् । नेपाल सरकारले संसदमा प्रस्तुत गरेको नागरिकता ऐन २०६३ मार्फत गैरआवासिय नेपालीलाई प्रदान गर्ने एनआरएन नागरिकता संघले माग गरे बमोजति हुने गरी पारित गरेको बताइन्छ । संसदीय समितिले पारित गरेको संसोधन प्रस्तावलाई संसदको पूर्ण बैठकले अनुमोदन गरेपछि कानुनको रुपमा कार्यन्व्यन हुनेछ ।

एनआरएनए अमेरिकाद्धारा निर्णयको स्वागत

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसैबीच एनआरएनए अमेरिकाका अध्यक्ष डा. केशव पौडेलले लामो संघर्षपछि गैरआवासिय नागरिकता पाउने भएकोमा खुसी व्यक्त गर्दै गैरआवासिय नागरिकता दिने निर्णयको स्वागत गरेका छन् ।

डा. पौडेलले केही बुँदाहरु सच्याउनुपर्ने खालका रहेको भएपनि यो निर्णयले बिदेशमा रहेका नेपालीहरुमा खुसी ल्याएको बताए । हामीले कुटनीतिक नियोगबाट नागरिकता पाउनुपर्ने माग राखेका थियौं, तर अहिले जिल्ला प्रशासनबाट लिने भनिएको छ, यो बिषय समयाअनुकुल नेपाल सरकारले सुधार गर्नेमा आफु विश्वस्त रहेको बताए ।

यसैगरी डा.पौडेलले बिदेशमा रहेका नेपालीहरुका छोराछोरीले नागरिकता लिँदा नेपालीभाषा बोल्नुपर्ने भन्ने प्रावधान समेत सच्याउनुपर्ने बताएका छन् । अध्यक्ष पौडेलले गैरआवासिय नागरिकताको बिषयलाई आजको सुखद निर्णयको दिन सम्म आईपुग्दा सहयोग गर्ने सबैमा आभार व्यक्त गर्दै एनआरएनए अमेरिका आगामी दिनमा अझै सकृय रुपमा लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

यसैबीच एनआरएन अभियान्ताहरुले सामाजिक संजाल फेसबुक तथा टुईटर मार्फत गैरआवासिय नागरिकता दिने बिषयमा भएको निर्णयको स्वागत गरेका छन् । केहीले कुटनीतिक नियोगबाट नागरिकता पाउनुपर्ने माग राखेको भएपनि अधिकाशंले खुुसी व्यक्त गर्दै स्टाटस लेखेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com