यी हुन सरकारले निलेका राष्ट्रिय पहिचानका उद्योगहरु


प्रकाशित मिति : पुस १४, २०७३ बिहीबार

राजनीतिक परिवर्तन पछि कुनै पनि मुलुकले आर्थिक गति लिन सकेन भने त्यस्ता देशमा प्रतिगमनको खतरा रहने गर्दछ । परिवर्तनको अनुभुति जनताले तब मात्र पाउँछन् जव उनीहरुको जिवनस्तरमा परिवर्तनको अनुभुति हुन थाल्छ । जनतामा निराशा जति बढ्दै गयो त्यति परिवर्तन बिरोधीहरुले खेल्ने ठाउँ पाउँछन् । राजनीतिक परिवर्तन भएको १० वर्ष पुग्दा पनि मुलुकले आर्थिक गति लिन नसक्दा नागरिकमा निराशा उत्पन्न हुन थालेको छ । कागज र भाषणमा आर्थिक समृद्दिका कुरा गरिएपनि व्यवहारमा भने कहीँ कतै देख्न सकिएको छैन । यसै वर्षदेखि नेपालमा उद्योग दिवस मनाउन थालिए पनि मुलुकको नाक जोगाउन सफल उद्योगहरु भने एक पछि अर्को गरि बन्द हुने क्रम जारी छ ।

कुनैबेला नेपालको शिर जोगाउने बाँसबारी छाला जुत्ता कारखाना , हिमाल सिमेण्ट उद्योग , भृकुटी कागज कारखाना , हेटौडा कपडा उद्योग यतिबेला एकादेशको कथा बनिसकेका छन । उदारीकरण र नीजिकरणको नाममा राज्य स्वयंले आफ्ना उद्योगहरु कौडीको भाउमा बेच्दिंदा धेरै उद्योगको नामो निशाना मेटियो । केहीँ दिन अघि मात्र पहिलोपटक उद्योग दिवस मनाएको हाम्रो मुलुकको अवस्था यस्तो कारुणीक छ ।

बुटवल औद्योगिक क्षेत्र यति बेला नाममा मात्रै खुम्चिंदै गएको छ । जुन ४३४ रोपनी क्षेत्रफलमा फैलिएको  छ । यो औद्योगिक क्षेत्र नेपालका १० वटा औधोगिक क्षेत्र मध्ये एक महत्वपूर्ण हो । राज्यले प्राथमिकताका साथ रुपन्देहीलाई औद्योगिक नगरी बनाउने योजना ल्याएपनि बिभिन्न कारणले वर्षौदेखि काम अगाडी बढ्न सकेको छैन । आत्मनिरभरताको बलियो कसी आफ्नै उत्पादन हो तर हाम्रा उत्पादन औंलामा भाँचेर गन्ने अवस्थामा आई पुगेको छ ।  बुटवल धागो उद्योग २०४८ साल मंसिर १९ गते तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोईरालाले उदघाटन गरेका थिए । कारखानाले दैनिक ९ टन धागो उत्पादन गर्ने क्षमता राख्थ्यो जुन ६६ सालमा आइपुग्दा ब्रम्हनालमा पु-याइयो, धागो कारखाना कस्को कारण मृत्युवरण गर्न पुग्यो र बन्द कारखानाको अहिलेको अवस्था कस्तो छ ?

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

८ सय कर्मचारीले रोगजगारी मात्रै पाएका थिएनन्, देशको शिर ठाडो बनाउने आधारको रुपमा पनि स्थापित भएको थियो । जुन स्थापनाको अठारौं वर्षमा नामेट हुने गरि विस्थापित हुन पुग्यो । यस्को पछाडि धेरै कारणहरु छैनन् । स्वार्थगत राजनीति र अनावश्यक टे«ड युनियन अधिकारका कारण बुटवल धागो कारखाना बन्द भएको हो । प्रजातन्त्रको जधाभावी ब्याख्या गरिंदा राजनीतिक दलका नेताको दुहुनो गाई बन्यो र उद्योग बन्द हुने अवस्थामा पुग्यो ।

नेपालको राजनीतिक बिकासको पछिल्लो २७ वर्षलाई हेर्ने हो भने यो कालखण्डमा पञ्चायतले बनाएका उद्योग धन्दाको दोहन मात्रै भए । राज्यस्तरबाट एउटा पनि उद्योग स्थापना हुन सकेन जस्को उदाहरण खोज्न धेरै टाढा जानै पर्दैन । बुटवल धागो कारखाना,भृकुटि कागज कारखाना,हेटौडा कपडा उद्योग प्रजातन्त्रले निलेको उदाहरण आज पनि ताजै छ ।

देशको बिकास नभएको भन्दै देशलाई गाली गर्दै दैनिक हजारौ युवा बिदेश पलायन भैरहेका छन् । स्वदेशमा भएका अद्योग चल्न नदिने योजना बन्छन् । औधोगिक क्षेत्र धारासायी बनाउन निजी क्षेत्रले षड्यन्त्र गर्छ सरकारी कर्मचारी र राजनीतिक नेतृत्व कति आउँछ र भन्छन् । यहि मनोगत रोगको शिकार हुँदा भएका उद्योग दिन प्रतिदिन रुग्ण हुने र अन्तमा बन्द गराउने षड्यन्त्र भित्रैबाट हुने गरेको छ । यसलाई सामान्य नागरिकले बुझ्ने भाषामा भन्दा हाम्रा नेताहरु बिकाउ भए टिकाउ हुन सकेनन् भन्दा अति नहोला । समस्या र समाधानका सबै उपाय जानेको अहिलेको नेतृत्वले कसरी समस्याको समाधान गर्ला र बन्द उद्योगहरु पुन सञ्चालनमा आउलान् ?

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com