कथा : दोष कस्को ?


प्रकाशित मिति : माघ ६, २०७५ आईतबार

– पवित्रा दाश

मैले मेरो श्रीमतीलाई साथी जस्तै गर्दथे । हामी जहाँ जादा पनि सँगै जाने गर्दथ्यौ । उनी पनि मलाई धेरै माया गर्दथिन् । म पनि उनलाई धेरै माया गर्दथें । हामीसँग मायाको चिनोको रुपमा दुईवटा छोराहरु छन् ।

ठूलो छोरा २० बर्षका र सानो छोरा १५ बर्षका भए । हाम्रो परिवार सूखी र खूशी थियो । मेरो श्रीमती सरकारी कार्यालयमा उच्च पदमा काम गर्दथिन् र म पनि । आम्दामीको श्रोत पनि धेरै राम्रो थियो । सबैले भन्ने गर्नुहून्थ्यो जोडी होस् त यस्तो होस् । हामी सधै जोडी ढुकुर जस्तै भएर हिड्दथ्यौ । मलाई लाग्थ्यो हामी जस्तो बिस्वासीलो जोडी कसैको पनि छैन । संसारको सख, खुशी मलाई प्राप्त भएको छ जस्तो लाग्थ्यो ।

तर सबैले बूझ्नुपर्ने कुरो के छ भने आज सुखी मान्छे भोलि दुखको सागरमा डूब्न पनि सक्छ । आज दुखी मान्छे भोलि सुखै सुखको अनुभब पनि गर्न सक्छ । यो नै सत्य र जीवन लीला हो । यसलाई कसैले अगाडीनै देख्ने हो भने कसैले पनि दूःख पीडाको अनुभब गर्न पर्दैन। सबै बिबाहित युगल जोडीलाई भन्छु यस्तो दशा कसैको जीवनमा पनि आईनपरोस् । भगवानसँग यही प्राथना गर्दछु ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

म जे गर्दथे हरेक क्रियाकलापमा मेरी श्रीमतीलाई पनि सहभागी गराउँदथे । मेरो घरमा मौका पर्नासाथ जाँड खाने र तास खेल्ने कार्यक्रम हूने गर्दथ्यो । यसको लागी मेरो एकमात्र हितैषी साथीलाई घरमा निमन्त्रणा गर्दथें । मेरो साथी, म र मेरी श्रीमती सँगै जाँड पिउने र तास खेल्ने गर्दथ्यौ । यसै क्रममा मेरो साथी र मेरी श्रीमतीको सम्बन्ध गहिरो हुँदै जान थालेको मलाई पत्तै भएन ।

मेरो श्रीमती र साथी मिलेर मलाई मात्र बढि जाँड खुवाउने र म लठ्ठ परेर जाँडको नशामा ढले पछि उनीहरुको राश लिला शूरु हुने रहेछ । अब मेरो श्रीमतीले मलाई भन्दा धेरै माया मेरो साथीलाई दिन थालि सकेकी रहिछन् । केहि समय पछि साथी र श्रीमती दिनमानै घरमा भेट्न थालेको कुरो एकदिनको घटना बाट पत्ता लाग्यो । एकदिन अफिसमा काम गर्दा गर्दै मलाई एक्कासी रिंगटा चल्यो र ज्वरो पनि आयो ।

उभिन नसक्ने जस्तो भएकाले घरमा पूगेर आराम गर्छु भनि घरमा फर्केको त आफ्नै हितैषी साथी श्रीमतीको काखमा मज्जाले पल्टीएर गफमा ब्यस्त भएको आफ्नै आँखाले देखे पछि मन कहाँ मान्दो रहेछ । यो दृश्य पछि रिसको आबेगमा साथी माथी जाई लागें तर दुई जनाको अगाडी मेरो केहि लागेन । दूईजना मिलेर मलाई नराम्ररी कुटपिट गरे । म तीन महिना सम्म अस्पतालको शैयामा भर्ना हुनुपर्यो ।

यसै बीचमा मेरी श्रीमतीले सम्बन्ध बिच्छेदको मुद्धा हालिन् । सम्बन्ध बिच्छेदका कारण मैले उनलाई बलत्कार गरें रे । मेरो केही लागेन । उनलाई सम्झाएँ । छोराहरुको भविश्य बताएँ । उनले मानिन् । आज दूई छोराहरु पनि म बाट टाढा बसेर पढ्दै छन् । उनीहरुको आमा अर्कै सँग बिबाह गरी घरजम गरिन् । समाजले मलाई नै गाली गर्छ । श्रीमतीलाई धेरै स्वतन्त्रता दिएर आफ्नै साथीसँग बिबाह गरायो भन्ने आरोप मलाई छदैछ ।

साथी र श्रीमतीलाई धेरै बिस्वास गर्नाले आज म एक्लो भएको छु । मेरो खुशी, सुख र सुन्दर पबित्र घर आज म सँग छैन । समाजका अगाडी मेरो शीर झूकेको छ । हिजो सम्म नमस्कार गर्नेले आज तिरस्कार गर्न थालेका छन् । मलाई देख्यो भने टाढै बाट थुकिदिन्छन् । एक्लो भएको छु नितान्त एक्लो । धिक्कार छ मेरो जीन्दगी अनि मैले दिएको स्वतन्त्रतालाई । यसमा दोष कस्को ? मेरो, मेरो श्रीमतीको वा मेरो हितैषी साथीको ?

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com