काठमाडौंमा तरुलको व्यापार बढ्यो, दैनिक ५ देखि १० क्विन्टलसम्म तरुल खपत (भिडियोसहित)


प्रकाशित मिति : पुस ३०, २०७५ सोमबार

माघे सक्रान्तिमा तरुल, सखरखण्ड, पिंडालु जस्ता कन्दमुलको विशेष महत्व छ । यो पर्व नजिकीएसंगै अहिले बजारमा तरुलको व्यापार बढेको छ । बजारमा विभिन्न प्रकारका तरुल किन्नेको भिड देखिएको छ ।

तरुल एक प्रकारको कन्दमुल हो । माघे सक्रान्तिमा यसको विशेष महत्व हुने गरेको छ । या भनौं तरुललगायतका कन्दमूलविना माघे संक्रान्तिको पर्व अधुरो नै हुन्छ । माघे सक्रान्तिका लागि पुसको पाक्य माघको खाक्य भन्ने किंवदन्ति नै छ । पुसको अन्तिम दिन अर्थात् मसान्तमा तरुललगायतका कन्दमूल उसिनेर भोलिपल्ट अर्थात् माघे सक्रान्तिका दिन घ्यू , चाकु सहित खाने परम्परा रहेकाले यो पर्वलाई ध्यु चाकु सङ्लु पनि भनिन्छ । माघे संक्रान्ति नजिकिदै गर्दा बजारमा तरुलको माग बढेको व्यापारी बताउछन् । सक्रान्तीको मुखमा दैनिक ५ देखि १० क्विन्टलसम्म तरुल खपत हुने गरेको उनीहरुको भनाइ छ ।

यस्तै माघेसंक्रन्तीमा तरुल बढी खपत हुने हुदा संक्रतीको मुख्य बजारलाइ मात्र लक्षीत गरेर तरुलको व्यापार गर्ने गरेको एक व्यापारी वताउछन् । सर्लाहिमा आपूmलेनै खेती गरेको तरुल अहिले संक्रन्तीमा राम्रो मूल्य पाइने हुदा काठमाडौमा आइ यसको व्यापार थालेको उनले वताए ।

बजारमा अहिले विभिन्न प्रकारका तरुलहरु पाइने गर्दछन् । हात्तिपाइले तरुल, रातो तरुल, बन तरुल, चिप्ले तरुल, लाम्चो चिप्ले तरुल, पातले तरुल, सिमल तरुल आदि प्रजातीका तरुल बजारमा अहिले पाइन्छन् । यसमध्य सिमल तरुलको बिक्रि बढिहुने गरेको व्यापारी बताउछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पौष महिनाभरी करिव साढे नौ सय मेट्रीक टन तरुल काठमाडौ भित्रीएको कालीमाटी तरकारी वजार तथा व्यवस्थापन समीतीका उप निर्देशक विनय श्रेष्ठ बताउछन् । यसमा ९० प्रतीसत भन्दा वढी नेपालकै उत्पादन रहेको उनि बताउछन् । विशेषत नेपालको सर्लाही, धादिङ, चितवन, सुनसरी, झापामा उत्पादीत तरुलको विक्री बढी रहेको उनि बताउछन् ।

अहिले तरुलको प्रजाती अनुसार ४०/५० रुपैया देखी ३ सय रुपैया प्रतीकेजि सम्म तरुल बिक्रि भइरहेको देखिन्छ । पोहोरको तुलनामा तरुलको मूल्य घटेको व्यापारीको अनुभव भए पनि उपभोक्ताले भने मूल्यमा गिरावट महसुस गरेको छैनन् ।

तरुलको महत्व माघे सक्रान्ति पर्वसग जोडिएको हुनाले यसको व्यापार ह्वातै वढेको हो । तर नेपाली मौलिक उत्पादन र पौष्टिकताको हिसावले तरुल खेती, व्यापार र उपभोगलाई बर्षैभरी निरन्तरता दिनु आवश्यक देखिन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com