एनआरएनएको विश्व सम्मेलन अक्टोबर १३ देखि १६ सम्म, अध्यक्षका उम्मेदवारको चर्चा सुरु
प्रकाशित मिति : पुस ३०, २०७५ सोमबार
गैर आवासीय नेपाली संघ एनआरएनएको विश्व सम्मेलन अक्टोबर १३ देखि १६ सम्म काठमाडौंमा हुने भएको छ । काठमाडौँमा आयोजित अन्तराष्ट्रिय समन्वय समितिको बैठकले विश्व सम्मेलनको मिति तय गरेको हो ।
एनआरएनएले गोरखाको लारपाकमा निर्माणाधिन एकीकृत वस्तीको निर्माण सम्पन्न गरी आगामी बैशाख १२ मा हस्तान्तरण गर्ने निर्णय गरेको छ । त्यसैगरी जनकपूरको जानकी मन्दिरमा विद्युतीय उपकरण जडान गर्ने योजना अन्तिम चरणमा रहेको जनाइएको छ ।
एनआरएनए विश्व सम्मेलन हुन ९ महिना बाँकी रहँदा आगामी अध्यक्षका उम्मेदवारबारे पनि चर्चा सुरु भएको छ । हाल अध्यक्ष रहेका भवन भट्टले आगामी कार्यकालका लागि उम्मेदवारी दिने संकेत गरिसकेका छन् भने उपाध्यक्ष कुमार पन्त पनि अध्यक्षका लागि स्वभाविक दाबेदार हुन् ।