लमजुङमा भूकम्पको धक्का


प्रकाशित मिति : पुस २९, २०७५ आईतबार

लमजुङमा आइतबार अपरान्ह भूकम्प गएको छ। अपरान्ह  ४ बजेर १ मिनेटको समयमा ३ दशमलब ४ म्याग्निच्यूडको भूकम्प गएको हो।

सदरमुकाम बेशीशहरदेखि ४ किलोमिटर  उत्तर पश्चिमको सिम्पानी भन्ने स्थानमा केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

बेशीशहरमा छोटो तर कडा झड्का महसुस भएको थियो। उत्तरको बाहुनडाँडादेखी दक्षिणको सुन्दरबजारसम्म भुकम्पको धक्का महसुस भएको स्थानीयले बताएका छन्।

भूकम्पबाट जनजीवनमा कुनै प्रभाव नपरेको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जानकारी दिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसअघि गत २५ गते साँझ ७ बजेर ४९ बजेको समयमा सदरमुकाम बेशीशहर नजिकै केन्द्रबिन्दु बनाएर ३ म्याग्निच्यूडको भूकम्प गएको थियो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com