रुपन्देहीमा प्रहरी र तस्करबीच गोली हानाहान,एकको मृत्यु
प्रकाशित मिति : पुस २९, २०७५ आईतबार
रुपन्देहीको शंकरपुरमा गएराति प्रहरी र तस्करको समूहबीच गोली हानाहान हुँदा एकजनाको मृत्यु भएको छ ।
गस्तीमा खटिएको प्रहरी टोलीमाथि अकस्मात् गोली प्रहार भएपछि जवाफी कारबाही स्वरुप गोली प्रहार गर्दा तस्करको मृत्यु भएको रुपन्देहीका एसपी हृदय थापाले जानकारी दिए ।
भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका करिब ३५ वर्षका तस्करले प्रहरीमाथि गोली चलाएपछि तत्कालै उनीमाथी जवाफी कारबाही गरिएको थापाले बताए ।
प्रहरी उपरिक्षक थापाका अनुसार तस्करले चलाएको गोली लागि एक प्रहरी जवान घाइते भएका छन् ।






