‘मेरी मामु’ युट्युबको ट्रेन्डिङमा (पूरा फिल्म)
प्रकाशित मिति : पुस २९, २०७५ आईतबार
नेपाली चलचित्र मेरी मामु युट्युबमा सार्वजनिक भएको ३ दिनमै ट्रेन्डिङ नम्बर ३ मा रहेको छ ।
बाल मनोविज्ञानमा पारिवारिक कथा बोकेको चलचित्र “मेरी मामु” युट्युबमा सार्वजनिक भएको केही दिन मात्र भएको छ।
बुढासुब्वा डिजिटलको युट्युबमार्फत चलचित्रलाई शुक्रबार युट्युबमा रिलिज गरिएको हो। तर रिलिजको तीन दिनमा नै यस फिल्म युट्युबको ट्रेन्डिङ नम्बर ३ मा परेको छ ।
चलचित्रलाई दर्शहरुले निकै रुचाएका छन् भने यो रिपोर्ट तयार पार्दा सम्म मात्रै यस चलचित्रलाई ७ लाा बढीले हेरिसकेका छन् भने मनपराएको जनाउने १८ हजार बढी पुगिसकेका छन् । चलचित्र हेर्न क्रम अझै तिव्र रुपमा अगाडि बढीरहेको छ ।






