भक्तपुर बालकोटका ३५ वर्षीय अनिल थापाले नेपाल प्रहरीको बहालवाला डिएसपी भीमकिरण बोगटीको परिचय दुरुपयोग गरेको पाइएको छ। युवतीसँग शारीरिक सम्पर्क राख्ने उद्देश्यका लागि थापाले त्यस्तो हर्कत गर्ने गरेको प्रहरी जनाएको छ ।
प्रहरीले बिहीबार पुतलीसडकस्थित तिरुपाति होटेलबाट पक्राउ गरेपछि अनुसन्धानका क्रममा उनको कर्तुत बाहिरिएको हो । थापालाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले तिरुपाति होटलबाट पक्राउ गरेको हो । १४ दिन देखि उनी बोगटीको परिचयपत्रमा होटलमा बस्दै आएका थिए ।
प्रहरीका अनुसार उनको कोठामा प्रत्येक दिन फरक–फरक युवती आउने जाने गर्थे। अनुसन्धानका लागि उनीहरुलाई बोलाएको भनेपछि होटेलवालाले यस विषयमा चासो दिएको थिएन आउने जानेमध्यकै एक युवती डिएसपीको शोषणमा परेको उजुरी परेपछि प्रहरीले उनलाई पक्रन सफल भएको थियो ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।