सँगै स्कुल जान्छन् नाति बज्यै


प्रकाशित मिति : पुस २८, २०७५ शनिबार

‘मन भए लेखपढ गर्नलाई उमेरले छेक्दैन’ भन्ने उदाहरण बन्नुभएको छ आठराई गाउँपालिका–१, साविक सङ्क्रान्ति बजार–९, पुरानागाउँकी ४५ वर्षीया सानुमाया नेपाली । पढ्ने उमेरमा विद्यालय टेक्नसमेत नपाएपछि सानुमाया अहिले पाँचवर्षे नातिसँगै विद्यालय जाने गर्नुहुन्छ ।

दुई वर्षअघि यहाँको पुरानागाउँ आधारभूत विद्यालयमा भर्ना भएकी सानुमाया अहिले कक्षा–३ मा पढ्दै हुनुहुन्छ । नाति वसन्त कक्षा–१ मा पढ्छन् । उहाँ भन्नुहुन्छ, “पढ्ने उमेरमा पढ्न पाइन, कामै धेरै गर्नुपथ्र्यो, अहिले फुर्सद छु, पढ्ने इच्छा पूरा गर्न विद्यालय जाँदैछु ।” लेखपढ गरेपछि केही नभए आफ्नो नाम लेखेर सही गर्न सजिलो हुने उहाँको बुझाइ छ ।

‘सही गर भनेर लगाउँछन्, आफूलाई आउँदैन,” उहाँ भन्नुहुन्छ, “हात समातेर ल्याप्चे लगाउँदा कस्तो ठाउँमा ल्याप्चे लगाएँ रु भन्ने शङ्का पनि हुन्छ ।” उहाँलाई विद्यालय गएर किताब पढ्न, मनमा लागेका कुरा लेख्न र पढ्नसक्ने हुने मन छ । उमेरमा पढ्न नपाएकाप्रति उहाँलाई पछुतो छ । शुरुमा प्रौढ कक्षा गएकी सानुमाया अहिले विद्यालय जान थाल्नुभएको हो ।

‘‘गाउँमा प्रौढ कक्षा सञ्चालन हुँदा दुई घण्टामा केही सिकिएनँ’’, उहाँले भन्नुभयो, “त्यही भएर विद्यालय नै जाउ, पढ भन्ने सल्लाह सबैले दिएपछि आउन थालेकी हुँ ।” कक्षामा नातिनातिना उमेरका बालबालिकासँग खेल्दै पढ्दै गर्न निकै रमाइलो हुने तर गृहकार्य गर्न नजान्दा लाज हुने गरेको उहाँले बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सानुमाया नियमित विद्यालय आउने गरेको प्रधानाध्यापक हरिप्रसाद लामिछानेले बताउनुभयो । सानुमाया हरेक दिन हातमा सानो नानीले बोक्ने झोला बोकेर नातिसँगै स्कुल गइरहनुहुन्छ । तर उहाँलाई आफू पढ्न भन्दा पनि नातिलाई पु¥याउन गएको भनेर सोच्ने पनि छन् । सानुमायाका तीन छोराको विवाह भइसकेको छ । ‘‘छोरा हुर्किए, विवाह पनि गराइदिएँ, नाति पनि पढ्दैछन्’’, उहाँ भन्नुहुन्छ, “तर पनि मन ग¥यो भने केही कुरा सिक्न सकिन्छ भन्ने लागेर स्कुल जान थालेकी हुँ ।”

स्कुल जान थालेपछि उहाँलाई अहिले वर्ण, मात्रासँगै नाम लेख्न, पढ्न आउन थालेको छ । उहाँको मेहनतले छिट्टै सफलता मिल्ने शिक्षक उमानाथ भण्डारी बताउनुहुन्छ । उहाँलाई अहिले देउराली सोसाइटी नामक संस्थाको सहजीकरणमा चलिरहेको स्थानीय अधिकार कार्यक्रमले अझै हौसला प्रदान गरेको छ ।

दुर्गम गाउँका महिलालाई समूहमा आवद्ध गराई विभिन्न अधिकारका कुराबारे जानकारी गराउने अभियान चौतारीमा पुराना गाउँमा चलिरहेको छ । सानुमाया पनि अभियान चौतारीमा गएर छलफलमा सहभागी हुने गर्नुभएको छ । यहाँको आदर्श अभियान चौतारीमा हरेक महीनाको दुई पटक छलफल हुन्छ ।

अभियान चौतारीमा महिला अधिकार, दलित अधिकार, भूमि अधिकार, शिक्षा अधिकार लगायतबारे थाहा पाउने भएपछि सानुमाया जस्ता थुप्रै महिलाले सिक्ने अवसर पाएको सदस्य सुुशीला मग्रान्तिले बताउनुभयो । ‘‘अभियान चौतारीमा शिक्षा अधिकारबारे छलफल हुँदा अरु महिलालाई पनि सानुमाया जस्तै विद्यालय गएर पढ्न प्रोत्साहन गरेका छौँ’’ स्थानीय सामाजिक परिचालक सीता निरौलाले भन्नुभयो ।

गाउँका महिलाहरुमध्ये अधिकांश निरक्षर छन् । तर इच्छा हुनेले साक्षर बन्न चाहे अभियान चौतारीमार्फत सजिलै विद्यालयसम्म पुग्ने वातावरण सिर्जना गरिदिने उहाँले बताउनुभयो । जिल्लालाई गतवर्ष नै पूर्ण साक्षर जिल्ला घोषणा गरिएको छ । तर अहिले पनि साक्षरोत्तर कक्षाहरु गाउँ–गाउँमा सञ्चालन भइरहेका छन् ।

शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख लीलानाथ पोखरेलले इच्छा शक्ति भए जुनसुकै बेला पनि विद्यालय गएर शिक्षा हासिल गर्न सकिने बताउनुभयो । ‘‘ज्ञान कहिल्यै बुढो हुँदैन’’, उहाँ भन्नुहुन्छ, ‘‘त्यसैले ज्ञान सिक्न पनि उमेरले छेक्दैन ।’’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com