डा. केसीको स्वास्थ्य झन् बिग्रँदै


प्रकाशित मिति : पुस २८, २०७५ शनिबार

सरकारसँगको सम्झौता कार्यान्वायन नगरेको भन्दै इलाममा १६ औ सत्याग्रह सुरु गरेका डाक्टर गोविन्द केसीको स्वास्थमा थप समस्या देखिएको छ। बिहीबार रातिदेखि छाती दुख्ने र पसिना आउने समस्या देखिएकाले केसीको स्वास्थ अवस्था थप बिग्रँदै गएकोे डाक्टरले बताएका छन्।
उनलाई शरीर दुख्ने र हलचल गर्न समस्या भएको डाक्टर रामकृष्ण आचार्यले जानकारी दिए। डा. केसीलाई शौचालय पनि समातेर लान पर्न थालेको उनले बताएका छन्।

शुक्रबारसम्म भुँईमा सुतेका केसीलाई सत्याग्रहको चौथो दिन शनिबारदेखि बेडमा सारिएको छ। उनको रगतमा ग्लोकुजको कमी देखिएको इलाम अस्पतालको चिकित्सको टोलीले जनाएको छ।

शुक्रबार दिउँसो केसीले रगत परीक्षण गर्न अनुमति दिएपछि बिहान रगतको नमुना लगिएको थियो। डा. रामकृष्ण आचार्यले डा. केसीको ब्लडपे्रसर निक्कै कम भएको र ग्लोकुजको मात्रा पनि कम भएको जानकारी दिए। आचार्यले डाक्टर बोल्ने अवस्थामा नरहेको बताए। केसीको समर्थनमा स्थानीयले दिउँसो १२ बजे ¥याली निकाल्ने तयारी गरेका छन्।

डा. केसीले सरकार इमान्दार नभएकोले सोह्रौ सत्याग्रह बस्नु परेको बताउँदै आएका छन्। उनले माथेमा कार्यदलको प्रतिवेदन कार्यान्वायन गर्ने सहमति भए पनि यसमा निश्चित निजी मेडिकल कलेजमा नेताहरुको लगानी रहेकाले उनीहरुको पक्षमा काम गरेको बताए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले तीन करोड नेपालीसँग सरकारले बैइमानी गरेको गुनासो गरेका छन्। चिकित्सा शिक्षा विधेयकमा माफियामुखी बँुदा राखेको उनको आरोप छ। उनले सम्झौतालाई तोडमोड गरेर माफियाको पक्षमा ल्याउन लागेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

केसीले सम्झौता विपरीत संसदको शिक्षा तथा स्वास्थ समितिले चिकित्सा शिक्षा विधेयक संसदमा पठाएको भन्दै बुधबार अपरान्ह पाँच बजेबाट इलाममा सत्याग्रह सुरु गरेका हुन्। उनले ६ बुदे माग अघि सारेका छन्।

उनले १५ औं सत्याग्रहका क्रममा २०७५ साउन १० गते नेपाल सरकारसँग भएको सम्झौताबमोजिम अक्षरशः संशोधन गरेर अविलम्ब चिकित्सा शिक्षा बिधेयक संसदबाट पारित गर्न माग गरेका छन्। यस अघि शिक्षा विधेयकका २२ बुदा संसोधन गर्ने सहमती भएको थियो।

केसी गत असार १६ गते १५ औँ सत्याग्रह जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बसेका थिए। पछि सरकारले उनलाई उपचारका लागि भन्दै काठमाडौं ल्याएको थियो। डा. केसीको १५औँ अनसन २७ दिनमा तोडिएको थियो। केसीले इलाम नगरपालिकाको फुलगाछिमा रहेको उनका एक समर्थकको घरमा सत्याग्रह शुरु गरेका हुन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com