किन काठमाण्डूको विमानस्थलमा भइरहेको छ धेरै परिमाणमा मदिरा जफत


प्रकाशित मिति : पुस २८, २०७५ शनिबार

भन्सार विभागले गत सातादेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै विदेशबाट आउने यात्रुहरूले ल्याउने सामानमा कडाइ गरेसँगै सबैभन्दा धेरै मदिरा जफत गरिएको जनाएको छ।

भन्सार छुटभन्दा बढी परिमाणमा ल्याएर जफत गरिएका मदिरा लगायतका अन्य सामानलाई समितिले मूल्याङ्कन गरेपछि लिलाम बिक्री गरिने त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जनाएको छ।

चालु आर्थिक वर्षको ६ महिनामा विमानबाट नेपाल आउने यात्रुले कानुन विपरीत ल्याएको सुन पनि जफत गरिएको छ।

नियममा कडाइ

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सरकारले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिएका मालवस्तुमा पूर्ण वा आंशिक रूपमा भन्सार महसुल छुट दिन सक्ने व्यवस्था छ।

त्यही अनुसार निजी गुण्टा, झिटि, भारी सम्बन्धी सूचना जारी गरेको झण्डै अढाइ वर्षपछि गत सातादेखि त्रिभुवन विमानस्थल भन्सार कार्यालयले त्यसमा गरिएका व्यवस्थालाई कडाइका साथ लागु गरेको जनाएको छ।

यात्रुहरूले तोकिएकोभन्दा बढी सामान ल्याउने चलन बढ्दै गएपछि त्यसमा कडाइ गरिएको अधिकारीहरूको भनाइ छ।

कडाइ गरिएको १ सातामा सबैभन्दा बढी विभिन्न ब्राण्डका मदिरा जफत भएको छ।

एक लिटरभन्दा बढी ल्याउन रोक

 
विमानस्थल

 

विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत चुडाराज सापकोटाले भने “कडाइ गरिएको ७ दिन भएको छ। यो अवधिमा एक हजार पाँच सय एकसठ्ठी बोतल विभिन्न ब्राण्ड र परिमाणका मदिरा बरामद भएका छन्। एक जना यात्रुले एक भन्दा बढी बोतल बोकेर ल्याउने गरेको पाइएको छ।”

यात्रुहरूले १ लिटरसम्मको एक बोतल मदिरा भने राजश्व नतिरेर ल्याउन पाउँछन्।

त्यो भन्दा बढी परिमाणको मदिरा जफत गर्ने गरिएको छ।

कम्प्युटर, ल्यापटप, ट्याबलेट, घडी, क्यामेरा, फोन र पेन ड्राइभ १/१ थान राजश्व नतिरैरै ल्याउन सकिन्छ भने विभिन्न सामानहरू निश्चित परिमाणसम्म मूल्यको ४० प्रतिशत भन्सार तिरेर ल्याउन पाउने व्यवस्था छ।

३५ किलो सुन जफत

सुन

चालु आर्थिक वर्षमा विमानबाट आउने यात्रुले नियम विपरीत ल्याएका ३५ किलो सुन जफत भैसकेको भन्सार कार्यालयले जनाएको छ।

परिमाणभन्दा बढीको हकमा भने त्यो जफत हुने व्यवस्था छ।

त्यसरी जफत गरिएको सामान लिलाम बिक्री गरिने प्रमुख भन्सार अधिकृत सापकोटाले बताए।

उनले भने “भन्सार प्रमुख वा उसले तोकेको प्रतिनिधि संयोजक रहने जिल्ला प्रशासन कार्यालय र कोष तथा लेखा नियन्त्रण कार्यालयको प्रतिनिधि सदस्य रहेको समितिले जफत गरिएका सामानको मूल्य निर्धारण गर्छ र सार्वजनिक सूचना गरेर बोलकबोलको माध्यमबाट लिलाम बिक्री गरिन्छ।”

चालु आर्थिक वर्षमा विमानबाट आउने यात्रुले नियम विपरीत ल्याएका ३५ किलो सुन जफत भैसकेको भन्सार कार्यालयले जनाएको छ।

विदेशबाट आउने यात्रुले १०० ग्रामसम्म सुन कर तिरेर ल्याउन सक्छन्।

सय ग्रामभन्दा बढी सुन ल्याएमा जफत हुने र जफत गरिएको सुन बराबरको थप रकम समेत तिर्नु पर्ने हुन्छ।

जफत गरिएको सुन राष्ट्र ब्याङ्कमा बुझाउने गरिन्छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com