रोल्पामा फोन गर्न रुख चढ्नुपर्ने बाध्यता


प्रकाशित मिति : पुस २८, २०७५ शनिबार

रोल्पाका अधिकांश गाउँपालिकाका लागि गाउँ गाउँमा सिंहदरबार भन्ने नारा कागजमा मात्र सिमित भएको जस्तो देखिएको छ। घरछेउमा सेवा सुबिधा सहितको सरकार आएको चर्चा चलिरहेको बेला अहिलेपनि जिल्लाका अधिकांश गाउँ संचारको पहुँचबाट टाढा रहेका छन्।

थवाङ गाउँपालिकाका अधिकांश भाग अहिलेपनि संचारको पहुँचबाट टाढा हुँदा यहाँका जनतालार्इ सूचनाबाट बञ्चित हुनु परेकाे छ। वडा न. ३ मिरुलको प्राय कुनै पनि गाउँमा फोन लाग्दैन भने वडा न. ४ र ५ उवाका गाउँहरु पनि संचार बिहिन छन्। त्यसो त सुनछहरी गाउँपालिकाको गाम, सेरम र स्युरीका धेरै भागमा फोन सेवा छैन। समग्रमा रोल्पाका सबै स्थानिय तहका दर्जनौ गाउँहरु यतिबेला संचारबाट टाँढा छन्।

‘हाम्रोमा त फोन सेवा छैन। फोन गर्नु पर्‍यो भने माथि डाडामा गएर रुख चढ्नु पर्छ। रेडियो पनि सुनिदैन। हुलाकद्धारा पत्रपत्रिका आउछन् तर प्रकाशन भएको ५१ दिनमा हात लाग्छ।’ सेवा प्रवाहमा अत्यन्त कठिनाई भोगेका थवाङ गाउँपालिकाका वडा न. ३ मिरुलका सचिव चन्द्र ज्योती सुवेदी बताउछन्। ‘माथि कतै कतै अलिअलि फोनको टावर देखाउँछ। यहाँ त फोन एकोहोरो हुन्छ। हामीले चाहेमा डाडामा उक्लेर सम्पर्क गछौ। अरुको फोन आउला भन्नु आशै छैन।’

जिल्लाको अन्यत्र जस्तै यहाँपनि बत्तिको समस्या छ। स्थानीय स्तरमा उत्पादन गरिएको लघु जलबिद्युत त छ तर साझ ५ बजे पछि बिहान ७ बजे सम्म मात्र बत्ति आउछ। ‘बिहान १० बजे आएका सेवा ग्राहीहरुको फोटो चाहियो भने बेलुका ५ बजे सम्म कुर्नु पर्छ। फोटोकपि प्रिन्टको उस्तै सकस छ। गर्न त अझै सम्म बेलुका अबेला भए पनि काम गर्दिन्छौ तर सधै त त्यो सम्भव हुँदैन्। बिचरा एक दिनमा हुने कामका लागि २ दिन बस्नु पर्छ।’ सुवेदीले भने ‘दुर्गमका गाउँले अझै सुबिधा पाएका छैनन्।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘गाउँमा सरकार आयो तर सुबिधा आएन, संसार कहाँबाट कहाँ पुग्यो, हाम्रोमा फोन गर्न डाँडामा उक्लिने वा रुख चढ्नुपर्ने बाध्यता छ।’ थवाङ गाउँपालिकाको उपाध्यक्ष पदमा चुनाव लडेकी श्रीकुमारी रोका उर्जा मन्त्री बर्षमान तिर लक्षित गर्दै भन्छिन् ‘हिजो हात हातमा मोवाईल घर घरमा ईन्टरनेट भनेर भोट माग्नेहरु सासन सत्ताको बागडोरमा छन तर गाउँमा समस्या उस्तै छ।’

आफ्नो गाउँठाउँको समस्या देखेर हुक्किएका थवाङ गाउँपालिकाका अध्यक्ष बिरबहादुर घर्ती दिक्क छ। ‘हाम्रो ३, ४ र ५ न. वडामा फोन सम्पर्क हुन नसकेर हैरान छ। मिरुल र उवाका कतै कतैका गाउँमा अलिअलिफाेन लाग्छ। हाम्रो आवश्यकताले मात्र धेरै कठिनकाे सामनापछि मात्र सँग सम्पर्क हुन्छ। ’ उनी भन्छन्,’ सम्बन्धित सराेकारवाला निकायमा कति अनुरोध गरियो तर समस्या समाधान भएको छैन।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com