प्राविधिक पक्षलाई ध्यान नदिनु र डोजर चालक नै आफै इन्जिनियर बन्नु दुर्घटनाको कारण (भिडियोसहित)


प्रकाशित मिति : पुस २८, २०७५ शनिबार

नेपालमा सडक दुर्घटना हुनुका प्रमुख कारणमा सडकको प्राविधिक अवस्था, चालकको लापरवाही र ट्राफिक नियम पालन नगरि सवारी चलाउनु नै रहेको छ । गत शुक्रबार दाङको तुलसीपुर– ३ राम्रीमा भएको बस दुर्घटनामा पनि यस्तै कारण रहेको सरोकारवालाको दाबी छ । दुर्घटनामा सडक र चालकलाई मात्रै दोष दिनुभन्दा यस्ता दुर्घटना न्यूनिकरण गर्न सरकार, यातायात व्यवसायी, चालक र यात्रु स्वयम् जिम्मेवार हुनुपर्ने सरोकारवालाको भनाइ छ ।

पछिल्लो समय नेपालमा सडक दुर्घटना दिनानुदिन बढिरहेको छ । जसले गर्दा मानिसले अनाहकमा ज्यान गुमाउनु परेको छ । सडक दुर्घटना बढी हुनुमा सम्बन्धित निकायका आआफ्नै तर्कहरु छन् । नेपालको भौगोलिक अवस्था र चेतनाको अभाव पनि सडक दुर्घटनाको मुख्य हुनाका कारण हुन् । सडक निर्माणका क्रममा प्राविधिक पक्षलाई ध्यान नदिनु र डोजर चालक नै आफै इन्जिनियर बन्नु पनि सडक दुर्घटनाको कारक बन्ने गरेको बताउ“छन् प्रदेश नं.५ प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरिक्षक (डीएसपी)पुष्पराज शाहि ।

दाङमा यसै आर्थिक बर्षको पौष महिनाको पहिलो हप्ता सम्म १८९ सवारी दुर्घटनामा ६१ जनाले ज्यान गुमाएका छन् भने, ४१६ जना घाईते भएको प्रहरीको तथ्यांकमा उल्लेख छ । सडक दुर्घटना बढ्नुमा चालकलाई प्रमुख दोषि बनाइए पनि चालक भने यो आरोप स्वीर्कान तयार छैनन् ।

यता यातायात व्यवसायीहरु पनि आफ्ना कारणले भन्दा पनि सडककै कारण दुर्घटना हुने गरेको बताउ“छन् । नेपाल यातायात व्यवसायी महासंघका सल्लाकार एवं राप्ती अञ्चल यातायात समितीका अध्यक्ष सुरेश हमाल ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दैनिकजसो सडक दुर्घटनामा मानिसको मृत्यु भए पनि यसलाई कुनै महामारीको रुपमा हेरिदैन । तथ्यांक अनुसार महामारीले भन्दा बढी ज्यान सडकले लिइरहेको छ । जब ठूलो दुर्घटना हुन्छ त्यसपछि मात्र यसतर्फ सम्बन्धि निकायको ध्यान जाने गर्छ । दुर्घटना रोक्न नसकिए पनि यसलाई न्यूनिकरण गर्न सकिन्छ भनछन् दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद अधिकारी ।

एक अर्कालाई आरोप लगाएर पानी माथिको ओभानो बन्नु भन्दा, के गर्यो भने सडक दुर्घटना न्यूनिकरण गर्न सकिन्छ त ? शुक्रवार दाङको तुलसीपुर ३ राम्रीमा २३ जानको ज्यान जाने गरी भएको बस दुर्घटनाले फेरि एक पटक सबैलाई झस्काएको छ । आगामी दिनमा दुर्घटना न्युनिकरणका लागि स्थानीय सरकार नै गम्भीर बन्नुपर्ने अवस्था आएको छ । यसका लागि सरोकारवाला पक्षस“ग छलफल गरेर अगाडी बढ्ने तयारीमा रहेको तुलसीपुर उपमहानगरपालिकाका उपप्रमु्ख माया आचार्य बताउछिन् ।

सडक दुर्घटना न्यूनिकरणका लागि सडकहरु चौडा बनाउने, ट्राफिक नियमप्रति सचेतना जगाउने, चालक र व्यवसायीलाई जिम्मेवार बनाउनेतर्फ अब ढिला गर्नु हुदैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com