तरुल मेला शुरु, उपभोक्ताको भीड


प्रकाशित मिति : पुस २८, २०७५ शनिबार

काठमाडौँको कालीमाटी पछिको दोस्रो ठूलो तरकारी बजारको रुपमा भक्तपुरको गठ्ठाघरमा सञ्चालित भक्तपुर तरकारी बजारमा तरुल मेला शुरु भएको छ ।

आगामी माघदेखि पूर्णरुपमा सञ्चालनमा आउने तरकारी बजारमा माघे सङ्क्रान्तिलाई लक्षित गरी पुस २५ गतेदेखि शुरु भएको तरुल मेलामा तरुण किन्न जाने उपभोक्ता एवं व्यापारीको भीड लागेको छ ।

भक्तपुरकै ठूलो तरकारी बजारका रुपमा स्थापना भएको यो बजारमा तरुल किन्न कालीमाटीसम्म पुग्न नपर्ने र सस्तोमै लोकल तरुलसमेत पाइने थाहा पाएर तरुल किन्न आएको सानोठिमीका तरकारी व्यापारी कृष्णलाल श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नुभयो, “तरकारी बजार खुल्दैछ भन्ने सुनेको थिए, तरुल बिक्री शुरु भएको थाहा पाएर यहाँ आए, अब होलसेलमा तरकारी किन्न कालीमाटी गइरहनुपर्ने आवश्यकता देखिन, यही बजार खुलेपछि यहीबाट लगेर व्यापार गर्न सजिलो भयो ।” भक्तपुर तरकारी बजारमा होलसेलमा तरुल बिक्री गर्दै आएको सिन्धुपाल्चोकका व्यापारी रामकुमार शिवाकोटीले यहाँ कालीमाटीभन्दा सस्तोमा तरुल बिक्री भइरहेको बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उहाँले भन्नुभयो, “मेरो बल्खुमा पनि तरकारी पसल छ, त्यहाँ म कालीमाटीबाटै तरकारी लैजान्छु, यो तरकारी बजारमा सञ्चालक श्याम बस्नेतले ढुवानी आफैँले गरिदिने र स्टलको समेत भाडा नलिएकाले कालीमाटीमा भन्दा सस्तोमा तरुल बिक्री गरिरहेका छौँ ।” तरुल बिक्री शुरु भएपछि व्यापारी र स्थानीय उपभोक्ताको भीड लागेको बताउँदै भक्तपुर तरकारी बजारले व्यापारीदेखि उपभोक्ता समेतलाई राहत मिलेको उहाँको भनाइ छ ।

भक्तपुर तरकारी बजारका सञ्चालक बस्नेतले यहाँ तराई, पहाड र भारतदेखि आयात गरिएको ११ जातका तरुल बिक्री भइरहेको बताउनुभयो । तरुलको जातअनुसार ढकको रु २०० देखि रु ७०० सम्ममा बिक्री भइरहेको बताउँदै उहाँले माग बढ्दै गएकाले तरुलको आयात पनि बढाउँदै लगेको बताउनुभयो ।

हाल तरुल, आलु, पिडालु, सख्खरखण्ड, चौम्सुर पालुङ्गोलगायत माघे सङ्क्रान्तिलाई आवश्यक तरकारीको मेला सञ्चालन गरेको उहाँको भनाइ छ । भक्तपुरको चारवटै नगरपालिकाका कृषकले उत्पादन गरेको तरकारी सङ्कलन १८ स्थानमा तरकारी सङ्कलन केन्द्र खोलिएको बताउँदै उहाँले कृषकले बजार खोज्दै भौतारिनु नपर्ने र उपभोक्ताले काठमाडौँको बजार धाउनु नपर्ने बताउनुभयो ।

माघदेखि बजारमा मौसमी तथा बेमौसमी तरकारी, फलफूल, दुर्गम गाउँमा उत्पादन विभिन्न प्रकारका तरकारी, पीठो, जिउँदो माछा तथा मासु, मसला, डेरी, बेकरी क्याफे, सौन्दर्यका सामग्रीदेखि व्यापारीलाई कारोवार गर्न सहज हुने गरी सहकारी संस्थासमेत सञ्चालन गरिने भएको उहाँको भनाइ छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com